२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

बालविवाह न्यूनीकरणका लागि किशोरी रुपान्तरण कक्षा सञ्चालन

ADV
दिलमाया शाही
२०८१ असार २० गते १६:११
बालविवाह न्यूनीकरणका लागि किशोरी रुपान्तरण कक्षा सञ्चालन

जुम्ला : जुम्लामा बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि किशोरी रुपान्तरण कक्षा सञ्चालन गरिएको छ । युनिसेफको साझेदारी र आवाज संस्था सुर्खेतको आयोजनामा जुम्लाको तातोपानी र पातारासी गाउँपालिकामा किशोरी रुपान्तरण कक्षा सञ्चालन गरिएको हो ।

कर्णाली प्रदेशमा बालविवाहको अवस्था भयवह रहेकाले यसको रोकथाम तथा न्यूनीकरणका लागि जुम्लाका दुई पालिकामा किशोरी रुपान्तरण कक्षा अभियानकै रुपमा सञ्चालन गरिएको मनोसामाजिक परामर्शकर्ता धना कुमारी रावलले जानकारी दिइन् ।

उनका अनुसार यो रुपान्तारण कक्षा लिइरहेका किशोरीका अभिभावकसँग पनि अन्तरक्रिया गरिएको छ । अभिभावकहरुसँग रुपान्तरण कक्षामा आबद्ध भएका किशोरीमा आएको परिवर्तन, लैंगिक हिंसा, छुईप्रथा, बालविवाह, बहुविवाहलगातका सामाजिक कुरीतिका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो । उनले तातोपानी र पातारासीका अभिभावकसँग दुई-दुई दिन अन्तरक्रिया गरिएको बताइन् । 

त्यस्तै तातोपानी-८ का दुई वडामा तातोपानी गाउँपालिकाले आफैं रुपान्तरण कक्षा चलाएको छ भने अरु सबै वडाका किशोरीका लागि आवाज संस्थाले नै रुपान्तरण कक्षा सञ्चालन गरेको छ । पातारासीका ५ वटा वडा यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् । त्यस बाहेकका अरु सबै वडामा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ ।

वडा स्तरमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ३० जना किशोरी सहभागी थिए । कक्षा सञ्चालनका लागि तातोपानी र पातारासीका गरी १२ जना सहजकर्ता तथा एक जना समुदायिक मनोपरामर्शकर्ता रहेका छन् । 

एउटा वडामा ४२ वटा रुपान्तरण कक्षा चलाइएको मनोसामाजिक परामर्शकर्ता रावलले बताइन् । उनका अनुसार तातोपानी र पातारासीमा गरी ५ सय ४ वटा रुपान्तरण कक्षा सञ्चालन गरिएको छ । उनले किशोरीका अभिभावकसँग मात्रै २४ पटक छलफल गरिएको जानकारी दिइन् ।

ADVADV

सम्बन्धित खबर

Advertise