२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पुष्पपरागले गर्‍यो दर्जन स्रष्टालाई सम्मानित र पुरस्कृत

Nada
२०८१ चैत ३० गते २१:००
Shares
पुष्पपरागले गर्‍यो दर्जन स्रष्टालाई सम्मानित र पुरस्कृत

काठमाडौं : पुष्पपराग साहित्य प्रतिष्ठानले शनिबार १ दर्जन स्रष्टालाई  सम्मानित र पुरस्कृत गरेको छ ।

ncell

काठमाडौंमा आयोजित कार्यक्रममा पुष्पपराग वर्ष साहित्य तथा सम्मान पुरस्कार धनमान श्रेष्ठलाई प्रदान गरेको छ भने लेखमाया खगेन्द्र स्मृति पुरस्कार रुद्र अधिकारीलाई, नीलगंगा भाषा साहित्य पुरस्कार डा. यज्ञेश्वर निरौलालाई, पद्मावती गीत–संगीत पुरस्कार सन्तोष श्रेष्ठलाई प्रदान गरेको छ ।

यसरी नै शुक्र मन्दिर लोक साहित्य पुरस्कार शीतल गिरीले पाएका छन् भने कृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार जुनु घिमिरेले, सफलता स्मृति पुरस्कार गौरी देवकोटाले, बी. के. स्मृति पुरस्कार डीआर राईले,. चेवनचन्द्र बस्नेत गद्य कविता पुरस्कार पदम दाहालले र बालकुमारी छ्न्द कविता पुरस्कार रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ले प्राप्त गरेका छन् ।

कार्यक्रममा पुष्पपराग मानार्थ सम्मान साहित्यकार डा. नवराज लम्साललाई प्रदान नगरिएको छ । पुरस्कार र सम्मान प्रमुख अतिथिका रूपमा आमन्त्रित कवि, गीतकार एसपी कोइरालाले वितरण गरेका संस्थाका महासचिव टीएन भट्टले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर