२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त

Nada
२०८१ चैत ३१ गते २०:५८
Shares
अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त

काठमाडौं : अनेसास फ्रान्स च्याप्टरको अध्यक्षमा प्रशान्त उप्रेती ‘भुइँमान्छे’ चयन भएका छन् । शनिबार भएको अनेसास केन्द्रको बैठकबाट अनेसास फ्रान्स च्याप्टर गठन प्रस्ताव सर्वसम्मतिले पारित गर्ने निर्णय भएको हो । 

ncell

उप्रेतीसहित अन्य पदाधिकारी तथा सदस्यहरूको १२ सदस्यीय नवकार्यसमिति फ्रान्समा गठन भएको हो ।

नवकार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुमित्रा बुर्लाकोटी, उपाध्यक्षमा आभास आचार्य, महासचिवमा भीमप्रसाद रिमाल ‘निश्चल’, सचिवमा मधुकर देवकोटा, कोषाध्यक्षमा सुधांशु खनाल चयन भएका छन् भने कार्यसमिति सदस्यहरूमा कवीन्द्र कायस्थ, सन्ध्या शर्मा, सम्पूर्ण पाठक, केशव ढकाल, ओम गौचन, श्रवणकुमार कौस्तुव चयन भएका हुन् ।

सन् २०२५–२०२७ का लागि चयन भएको यस कार्यसमितिलाई अनेसास केन्द्रीय कार्यसमितिका सर्वज्ञ वाग्ले, दिल्ली अम्गाईंलगायतले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

फ्रान्समा तेस्रो पुस्तालाई नेपाली भाषासँग जोड्ने अनि नेपाली संस्कृति, परम्परा, रीति रिवाज जगेर्ना गर्ने हेतुले संस्था स्थापना भएको जानकारी अनेसास फ्रान्स च्याप्टरका अध्यक्ष प्रशान्त उप्रेती ‘भुइँमान्छे’ले जानकारी गराए । 

उप्रेतीको नेतृत्वमा विगतमा पनि फ्रान्समा विभिन्न चरणमा नेपाली तथा फ्रान्सेली पुस्तकहरूको परिचर्चा, रक्तदान, उत्प्रेरणा कार्यक्रमहरू सम्पन्न भएका थिए ।

ताजा खबर

सम्बन्धित खबर