२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

मौलिक रत्यौली गीत 'आँधीखोले माया' सार्वजनिक (भिडियोसहित)

draupadi film
मध्यान्ह
२०८२ वैशाख ३ गते २१:५५
मौलिक रत्यौली गीत 'आँधीखोले माया' सार्वजनिक (भिडियोसहित)

काठमाडौं : मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ आज सार्वजनिक भएको छ । लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

प्रवेश पौडेलको शब्द र संगती रहेको गीतको संगती संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ ।

वैवाहिक समारोहमा सरिक हुन आएका युवा युवतीबीच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा कलात्मक रूपमा निर्देशक थापाले उतारेका छन् । लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली गीतसंगतीमा निरन्तर लगानी गरिरहेका सञ्चारकर्मी तिलु शर्मा पौडेलले गायिका सेन्चुरीसँग मिलेर गीत निर्माण गरेका हुन् । गीतमा स्वर दिएकी सेन्चुरी पनि वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि कतारमा कार्यरत छिन् ।

उनले कतारमा साप्ताहिक रूपमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा नियमित रूपमा आफ्नो प्रस्तुति दिँदै आएकी छिन् । वैदेशिक भूमिमा रहेर पनि पौडेल र सेन्चुरीले नेपाली कला र संस्कृतिमा देखाएको सक्रियता साँच्चै नै प्रशंसनीय छ ।

गीतको भिडियो सार्वजनिक हुनुभन्दा दुई दिन अगाडिदेखि नै विभिन्न डिजिटल प्लेटफर्महरूमा प्रचार गरिएको गीतले टिकटक र फेसबुक रिलहरूमा समेत चर्चा बटुलिसकेको छ। ‘आँधीखोले माया’ ले नेपाली लोक संगीतप्रेमी दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ । दर्शकहरूले यो गीत बाबा इन्टरटेनमेन्ट टिभीको आधिकारिक युट्युब च्यानलमा हेर्न र सुन्न सक्नेछन् ।


ADV

सम्बन्धित खबर

Advertise