२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

ब्लकबस्टर नेपाली फिल्म अवार्ड : वर्ष नायक विजय बराल, वर्ष नायिका केकी अधिकारी

Nada
२०८२ वैशाख ४ गते १२:१०
Shares
ब्लकबस्टर नेपाली फिल्म अवार्ड : वर्ष नायक विजय बराल, वर्ष नायिका केकी अधिकारी

काठमाडौं : ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०८१ मा वर्ष नायक विजय बराल बन्न सफल भएका छन् भने वर्ष नायिका केकी अधिकारी घोषित भएकी छन् । त्यसैगरी वर्ष निर्देशक मिलन चाम्स बने भने वर्ष नव अभिनेतामा समीर भट्ट र नायिकामा एञ्जिला तुम्बापो सुब्बा घोषित भएका छन् ।

ncell

वर्ष अभिनेता विजय बराल आफ्नै समकालीन अभिनेता घरज्वाइँ र अञ्जिलामा उत्कृष्ट काम गरेका अभिनेता दयाहाङ राई र अर्को दाबेदार चलचित्र पुजार सार्कीका अभिनेता प्रदीप खड्कालाई व्यापारिक दृष्टिकोणमा धेरै पछाडि उछिन्दै वर्ष अभिनेताको हकदार भएका हुन् ।

त्यसैगरी वर्ष अभिनेत्री केकी अधिकारीले डिग्रीमाइला पूर्णबहादुरको सारंगीकी नायिका अन्जना बराइली, दुःखीआत्मा चलचित्रको नायिका आँचल शर्मा र घरज्वाइँ चलचित्रकी अभिनेत्री मिरुना मगरलाई पछि पार्दै चलचित्र बोक्सीको घरबाट यो वर्षको वर्ष अभिनेत्री घोषित भइन् ।

यो वर्षको वर्ष नवअभिनेता समीर भट्ट घोषित भए । उनी होस्टेल ३ का आशावादी अभिनेता कुल ब्वाइलाई सजिलै पछि पार्दै चलचित्र १२ गाउँबाट यो वर्षको उत्कृष्ट नवअभिनेता चुनिएका हुन् । 

त्यसैगरी वर्ष नवअभिनेत्री एञ्जिला तुम्बापो सुब्बा भइन् । आफ्नै जिवनीको चलचित्र अञ्जिला चलचित्रबाट उनी वर्ष नवअभिनेत्री घोषित भएकी हुन् । यसै चलचित्रबाट यो वर्षको वर्ष निर्देशक मिलन चाम्सलाई घोषणा गरिएको छ ।

विगत १९ वर्षदेखि निरन्तर बक्स अफिस इन्टरनेशनल ग्रुपले हरेक दिन साँझ प्रकाशित गर्दै आएको अनलाइन दैनिक पत्रिकाले यो वर्ष पनि २०८१ सालभरि रिलिज गरिएका चलचित्रहरु समेटेर बजारमा सबैभन्दा सक्रिय, सफल पर्दा पछाडिको केही विधा र पर्दाभित्रको केही महत्वपूर्ण सक्रिय विधाहरु समेटेर १९औं ब्लकबस्टर नेपाली फिल्म अवार्ड वर्ष समीक्षा आयोजना गरेको हो ।

हरेक चैत अन्तिममा पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै निरन्तर नेपाली चलचित्रको सबैभन्दा फ्रेस अवार्ड आयोजना गर्दै आएको अवार्ड अध्यक्ष आरके सुवेदीले बताए । नेपाली चलचित्र क्षेत्रका अग्रज निर्माता, निर्देशक पत्रकार पाँच सदस्य जुरीले तयार गरेको अवार्डको उत्कृष्ट ५ विधाहरु सार्वजनिक गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर