२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

पोर्चुगलमा 'मोन्तिजो कप' फुटबल प्रतियोगिता हुँदै

draupadi film
भरत प्रधान
२०८२ वैशाख ४ गते १७:१८
पोर्चुगलमा 'मोन्तिजो कप' फुटबल प्रतियोगिता हुँदै

लिस्बन : मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्दैछ ।

नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । खेलकुदको माध्यमबाट नेपाली समुदायका बीचमा आपसी सहयोग, सहकार्य र भाइचारा अभिवृद्धि गर्ने तथा नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिए । 

पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था र क्लबका गरी १६ बढी टिमको सहभागिता रहने भट्टराईले बताए । प्रतियोगिताबाट बचत भएको रकमले पोर्चुगलमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने संस्थाको योजना रहेको उनले बताए । प्रतियोगिताको विजेताले तीन हजार पाँच सय युरो नगद, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले दुई हजार युरो, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्तालाई कप तथा प्रमाणपत्रले पुरस्कृत गरिने समाजले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि पोर्चुगलस्थित संघसंस्था, क्लबका साथै खेलप्रेमीहरूलाई समाजले विशेष आग्रहसमेत गरेको छ । मोन्तिजोस्थित नगरपालिकाको खेल मैदानमा खेल हुने समाजले जनाएको छ । 

सन् २०२३ मा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै विभिन्न खालका सामाजिक एवं रचनात्मक गतिविधिहरू गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise