२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

बीवाईडी सिगललाई ‘२०२५ वर्ल्ड अर्बन कार अफ द इयर’

draupadi film
मध्यान्ह
२०८२ वैशाख ५ गते २०:४७
बीवाईडी सिगललाई ‘२०२५ वर्ल्ड अर्बन कार अफ द इयर’

काठमाडौं : बीवाईडी सिगल अर्थात डल्फिन मिनीले ‘२०२५ वर्ल्ड अर्बन कार अफ द इयर’को उपाधि जित्न सफल भएको छ । वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत बीवाईडीको उक्त मोडलले पुरस्कार जितेको हो ।

अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड हात पारेको हो । सो जितले विश्वव्यापी न्यू इनर्जी भेइकल (एनईभी) क्षेत्रमा बीवाईडीको अग्रणी स्थानलाई फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा पुष्टि गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बीवाईडी सिगलले ओसन एस्थेटिक्स डिजाइनलाई समेटेको छ । त्यस डिजाइनले गाडीलाई ताजा, आकर्षक र आधुनिक बनाएको दाबी गरिएको छ । यो मोडल विभिन्न प्रमुख बजारहरूमा लगातार बेस्ट सेलरको रूपमा स्थापित हुँदै आएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise