२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

कतारमा रेसम र सिम्रनको धमाका

draupadi film
तिलु शर्मा पौडेल
२०८२ वैशाख ६ गते २०:०८
कतारमा रेसम र सिम्रनको धमाका

दोहा (कतार) : बाग्लुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित बाग्लुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशन खुल्ला र बन्द सत्र गरी २ चरणमा कतारको होलीडे भिल्लामा सम्पन्न भएको छ । विभिन्न साङ्गीतिक प्रस्तुतिसहित सम्पन्न अधिवेशनमा नेपालबाट आमन्त्रित अतिथि कलाकार लोक तथा दोहोरी गायक रेसम निर्दोष र भर्सटायल गायिका सिम्रन परियारले धमाका मच्चाए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलको सभाध्यक्षतामा अधिवेशनसहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । 

कोषका सचिव चन्द्रकान्त शर्मा पौडेलको स्वागत मन्तव्य रहेको अधिवेशनमा कोषका बारेमा कार्यक्रम संयोजक रमेश भट्टले कुल कोषमार्फत् स्वास्थ्य क्षेत्रमा २५, शिक्षा २५, खेलकुद २०, दैवी प्रकोप तथा आपत्कालीन २० र कला, साहित्य तथा संस्कृतिमा १० प्रतिशत खर्च गर्ने गरी वर्गीकरण गरिएको जानकारी दिए । अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी संकलन भई सकेको र यसलाई १ करोड पु¥याउने लक्ष्य रहेको भट्टले स्पष्ट पारे ।

कार्यक्रममा कलाकार सिमरन परियारले ‘मेरो घर त बाग्लुङ दाजैको कहाँ प¥यो’ बाट गीत गाउन सुरु गरिन् । उनले सांगीतिक रूपमा वैदेशिक यात्रा पहिलो भएको हुँदा आयोजकप्रति कृतज्ञता ज्ञापन व्यक्त गरिन् । उनले क्रमशः ‘पानी परेको’ लगायतका आफ्ना हिट गीतहरू गाइन । कतारमा रहेका दर्जनभन्दा बढी कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए जहाँ म्याग्दीको मौलिक नृत्य थाली नाच आकर्षणको केन्द्र बन्यो । 

कार्यक्रमको उत्तरार्धमा स्टेज उक्लिएका गायक निर्दोषले कतारमा रहेका नेपालीहरू बिचको एकता देख्दा आफूलाई हर्ष लागेको बताउँदै सोरठी गीतबाट आफ्नो प्रस्तुतिको शुभारम्भ गरे । उनको प्रस्तुतिमा झुम्न लामो समयसम्म प्रतीक्षा गरेका दर्शकलाई सङ्गीतको नशामा झुमाउन कुनै कसर छोडेनन् । उनले आधा दर्जन गीत गाएर स्टेजबाट बिदा भए । 

कतारका लागि नेपाल सरकारका पर्यटन राजदूत आरके शर्मा, कोषका संरक्षक राजरेग्मी लगायत कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति सहित शुभकामना मन्तव्य रहेको थियो ।

शारदा भुजेल र बाबु कौसलले मिलेर सहजीकरण गरेको अधिवेशनको खुल्ला सत्रमा तदर्थ समितिका कोषाध्यक्ष नीराजन गौतमले कोषको आयव्यय पेस गर्दै १ करोडको लक्ष्य भेटाउन अब ४५ लाख रुपैयाँ अपुग रहेको जानकारी दिए । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लगानीका लागि आह्वान गरे ।

अधिवेशनको बन्द सत्रबाट सन्तोष पौडेलको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको पदाधिकारीहरू मध्ये उपाध्यक्षमा मदन जीसी, सचिवमा भरत पौडेल, सहसचिवमा  झपेन्द्र सापकोटा (ईश्वर), कोषाध्यक्षमा  नीराजन गौतम र सह–कोषाध्यक्ष सुवास पौडेल छन । त्यस्तै कार्यसमितिका सदस्यहरूमा मिलन गौतम, उमानन्द शर्मा (रामु), राजु खडका, तारानाथ शर्मा र सबिन शर्मा छन ।

ADV

सम्बन्धित खबर

Advertise