२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

सम्पदा लघुवित्तको साधारणसभा सम्पन्न

draupadi film
मध्यान्ह
२०८२ वैशाख ७ गते २०:४१
सम्पदा लघुवित्तको साधारणसभा सम्पन्न

काठमाडौं : सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पारित गर्दै संस्थाको साधारण सभा सम्पन्न भएको हो ।

प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले दिएको जानकारीअनुसार संस्थाको हालको चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ रहेको छ । त्यस्तै, संस्थाको पुँजीकोष अनुपात ८.१५ प्रतिशत, खराब कर्जा ४.८० प्रतिशत, प्रति शेयर आम्दानी (इपिएस) १० रुपैयाँ ४८ पैसा रहेको छ । सोही अवधिमा संस्थाले ७ करोड ३४ लाख २१ हजार ९० रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

हाल संस्थाले ९ अर्ब ६९ करोड ६५ लाख ७८ हजार ३ सय ४२ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै, २ अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरिएको छ । यसबाहेक, संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब ५६ करोड २८ लाख ५४ हजार ९ सय १३ रुपैयाँ ऋण लिएर लघुवित्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ ।

सभामा शेयर सदस्यहरूले राखेका जिज्ञासामा अध्यक्ष कृष्णबहादुर थापा, कम्पनी सचिव पवनकुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत पौडेलले स्पष्ट पारेका थिए । कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष, शेयर सदस्य तथा पूर्व सञ्चालकहरूले मन्तव्य राखेका थिए । सभामा संस्थापक तर्फबाट अर्जुनकुमार सिंह, हरिप्रसाद डुम्रे, जिबमूर्ती पन्त र प्रदिप सिग्देल शर्मा सञ्चालकमा निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण तर्फबाट भेषराज रोकाया र विनोद तमाङ सञ्चालकमा चयन भएका छन् ।

अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा बीपी एसोसिएट्स एण्ड चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको छ । साथै, अन्य लघुवित्तसँग सम्भावित मर्जरको प्रक्रिया अघि बढाउन नयाँ सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise