काठमाडौं : एमएडब्लू वृद्धिले नेपालभर सयभन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । सयभन्दा धेरै चार्जिङ स्टेशन स्थापना गरेको अवसरमा एमएडब्लू वृद्धिले आइतबार एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको हो ।
कार्यक्रममा एमएडब्लू वृद्धिका एमडी विवेक सिकारिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्त र एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रूपेश शर्मा भट्टलगायत अन्य व्यक्तिहरू सहभागी थिए ।
एमएडब्ल्यू वृद्धिले काठमाडौं, पोखरा, विराटनगर र चितवनजस्ता सहरहरूदेखि मुस्ताङ, डोटी, सुर्खेत, टीकापुर र डडेलधुरा जस्ता टाढाका क्षेत्रमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ । चार्जिङ नेटवर्कमा ४० किलोवाट (१ गन) र ६० किलोवाट (२ गन्स) दुवै चार्जरहरू उपलब्ध छन् ।
एमएडब्ल्यू वृद्धि कमर्सियलका सीईओ गुप्ताले निरन्तर बढ्दो नेटवर्कले नेपालीहरूलाई विश्वासका साथ विद्युतीय गतिशीलतामा जान सक्षम बनाउने बताए । एमएडब्ल्यू वृद्धिले आगामी दिनमा अन्य क्षेत्रमा पनि ईभी चार्जिङ नेटवर्क विस्तार गर्ने प्रतिज्ञा गरेको छ ।