२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

नेकपा एमाले कैलालीको १० पालिकामा अधिवेशन सम्पन्न

ADV
सुनिल आउजी
२०८१ जेठ २२ गते २०:२२
नेकपा एमाले कैलालीको १० पालिकामा अधिवेशन सम्पन्न

धनगढी : कैलालीका १० वटा स्थानीय तहमा एमालेले नयाँ नेतृत्व चुनेको छ । कैलारी गाउँपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका बाहेक अन्य स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको पार्टी जिल्ला कमिटीका उपसचिव चुडामणी भट्टले जानकारी दिए । धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी नगरपालिका र भजनीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिएको छ, भने अन्य पालिकाहरुमा सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गरिएको भट्टले जानकारी दिए ।

हालसम्म सम्पन्न १० स्थानीय तहको अधिवेशनबाट दुई पालिकामा महिलाले नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । सोमबार राति मात्रै सम्पन्न धनगढी उपमहानगर कमिटीको मत गणनाबाट अम्बिका बिष्ट अध्यक्षमा निर्वाचित भएकी छन् । दुई पुरुष उम्मेदवारलाई पछि पार्दै बिष्ट निर्वाचित भएकी हुन् । उनले १२८ मत पाउँदा अर्का उम्मेदवार कमल सिंह रानाले ६९ मत र मदन रेग्मीले ४७ मत पाएका थिए । यस्तै मंगलबार सम्पन्न भजनी नगर कमिटीको अधिवेशनबाट उर्मिला चौधरी निर्वाचित भएकी छिन् ।

यस्तै हालसम्म सम्पन्न भएका पालिकाहरुमध्ये गोदावरीमा सन्तोस सिंह निर्वाचित भएका छन् । गौरीगंगामा पदम बहादुर ऐर, घोडाघोडीमा हेमराज सापकोटा निर्वाचित भएका छन् ।

यस्तै बर्दगोरिया गाउँपालिकामा मधुकर सिजापति मगर, मोहन्यालमा बम बहादुर रावल, टिकापुर नगरपालिकामा लक्ष्मण थापा, जोशीपुर गाउँपालिकामा केशर बहादुर चौधरी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । कैलारी गाउँपालिकामा अधिवेशन बाँकी छ भने, लम्कीमा निर्वाचन प्रक्रिया जारी छ यस्तै जानकी गाउँपालिकामा पनि प्रक्रिया जारी छ । 

स्थानीय तहको अध्यक्ष सरह मान्यता पाएको मजदुर विशेष इलाकाको नेतृत्वमा ललित चन्द छन् भने बुद्धिजिवी विशेष इलाकाको अधिवेशन बाँकी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise