२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

क्यानद्वारा 'कोर क्याम्प' घोषणा, ५२ खेलाडीलाई ४ टोलीमा विभाजन गरेर अभ्यास खेल खेलाइने

draupadi film
मध्यान्ह
२०८२ वैशाख ९ गते १८:५८
क्यानद्वारा 'कोर क्याम्प' घोषणा, ५२ खेलाडीलाई ४ टोलीमा विभाजन गरेर अभ्यास खेल खेलाइने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले ‘कोर क्याम्प’को घोषणा गरेको छ । क्यानले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आईसीसी क्रिकेट विश्वकप लिग–टु शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको हो ।

पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको थियो । तर ४९ सदस्यीय टोलीमा यु–१९ विश्वकप छनोट टोलीका नरेन भट्ट, युवराज खत्री र सन्तोष यादव थपिएका छन् । जसबाट कोर क्याम्पमा ५२ खेलाडी पुगेका छन् भने ती ५२ जना खेलाडीलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।

क्यानले छनोट गरेको खेलाडीहरूलाई नेपाल ब्लु, नेपाल ग्रीन, नेपाल रेड र नेपाल एल्लो गरी ४ समूहमा विभाजन गरिएको हो । यी ४ वटै टोलीका बीचमा अभ्यास खेलहरू खेलाइने क्यानले जानकारी दिएको छ । टिम ब्लूको कप्तानमा रोहितकुमार पौडेल, टिम ग्रिनको कप्तानमा आसिफ शेख, टिम रेडको कप्तानमा सन्दीप लामिछाने र टिम एल्लोको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

यो सिरिजपछि नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग–टु को सिरिज खेल्दैछ । सिरिजमा नेपाल र स्कटल्यान्डसहित नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

रोहितको कप्तानीमा रहेको टिम ब्लूमा प्रज्वल थापा, अनिलकुमार साह, देव खनाल, शाकिब हक, सूर्य तामाङ, सन्दीप जोरा, कुशल मल्ल, गुलशनकुमार झा, हेमन्त धामी, करण केसी, दीपेश प्रसाद कँडेल र युबराज खत्री रहेका छन् । आसिफको कप्तानीमा रहेको टिम ग्रिनमा दिलीप नाथ, सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रासिद खान र सन्तोष यादव रहेका छन् ।

यस्तै सन्दीपको कप्तानीमा रहेको टिम रेडमा अर्जुन साउद, त्रित राज दास, भीम सार्की, शुभ कंसाकार, शाहब आलम, बसिर अहमद, आरिफ शेख, लोकेश बम, नन्दन यादव, आकाश चन्द, प्रतिस जिसी र नरेन भट्ट रहेका छन् । दीपेन्द्रको कप्तानीमा रहेको टिम एल्लोमा विनोद भण्डारी, अर्जुन घर्ती, मयन यादव, कुशल भुर्तेल, सुजन थपलिया, ललितनारायण राजवंशी, किरण ठगुन्ना, अभिनाश बोहरा, रूपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत रहेका छन् ।

वैशाख १३ देखि २० गतेसम्म प्रतियोगिता हुनेछ । वैशाख १२ गते नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक स्टुआर्ट ल नेपाल आइपुग्नेछन् । प्रशिक्षक स्टुआर्ट र खेलाडी छनोट समितिले यो प्रतियोगिता पछि बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गर्ने क्यानले जानकारी दिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise