२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

जुम्लाका २० वर्ष नपुग्दै १७ प्रतिशत किशोरी बने आमा

shivam cement
दिलमाया शाही
२०८१ असार २१ गते २०:२९
जुम्लाका २० वर्ष नपुग्दै १७ प्रतिशत किशोरी बने आमा

जुम्ला : जनस्वास्थ्य  सेवा कार्यालय जुम्लाका अनुसार जिल्लामा २० वर्ष मुनिका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेका हुन् । 

त्यस्तै यस चालु आर्थिक वर्षमा २० वर्ष उमेर नपुगेका १७ प्रतिशत किशोरीहरू आमा बन्नेका छन् । जसमा गुठिचौर गाउँपालिमा ३३ प्रतिशत, पातारासी गाउँपालिका २४ प्रतिशत, तिला गाउँपालिकामा २२ प्रतिशत, तातोपानी गाउँपालिकामा २० प्रतिशत किशोरी २० वर्ष नपुग्दै किशोरी गर्भवती हुने गरेको सुरक्षित मातृत्व शाखाका कार्यक्रम संयोजक मोर्चा शाहीले बताइन् । 

उनका अनुसार कनकासुन्दारी गाउँपालिकामा २० प्रतिशत, हिमा गाउँपालिकामा १७ प्रतिशत, सिंजा गाउँपालिकामा १५ प्रतिशत  रहेका छन् भने चन्दननाथ नगरपालिकामा १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । 

उनले भनिन्,‘गाउँ घरमा छिट्टै विवाह गर्ने प्रचलन छ, अशिक्षा, गरिबी, जनचेतनाको कमीका कारण छिट्टै उमेरमा विवाह हुने गरेको पाइन्छ । २० वर्ष नपुग्दै बच्चा जन्माउने र हुर्काउनेबारे जानकार हुँदैनन् । शरीरका सबै अंगको पूर्ण विकास भइसकेको हुँदैन ।’

उनले छिटो–छिटो बच्चा जन्माउनेहरूमा पछि पाठेघर खस्ने र पाठेघरको मुखको क्यान्सर हुने समस्या बढी देखिएको बताइन् । त्यस्तै २० वर्षमुनी गर्भ जाँच गर्ने किशोरीको संख्या बढी रहेको उनको भनाइ छ । 

त्यस्तै यसअघि जनस्वास्थ्य कार्यालयको आव २०७७/०७८ को तथ्यांक अनुसार जुम्लाका ८ सय ६० जना किशोरीहरू २० वर्ष नपुग्दै आमा बन्नेगरेको पाइएको थियो । 

जसमा चन्दननाथ नगरपालिकामा १ सय ९० जना  किशोरी, तातोपानी गाउँपालिकामा ६६ जना किशोरी गर्भ जाँच गर्न आएका थिए । 

त्यस्तै पातारासी गाउँपालिकामा १ सय ३४ जना,  कनकासुन्दरीमा ९० जना, सिँजामा ६८ जना,  गुठिचौरमा ९५ जना, तिलामा १ सय ४०  जना र  हिमामा ७७ जना गरी जम्मा ८ सय ६० जना  २० नपुग्दै आमा बनेका थिए । 

त्यस्तै स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जुम्लामा बालविवाहको समस्या बढ्दो रहेको बताए । यसलाई न्यूनीकरण गर्न सञ्चार माध्यमको ठूलो भूमिका रहने उनले बताए । 

ADV

सम्बन्धित खबर

Advertise