२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

होटल व्यवसायीप्रति राज्यको दृष्टिकोण हेयपूर्ण : अध्यक्ष बराल

Nada
२०८२ वैशाख १२ गते १७:५२
Shares
होटल व्यवसायीप्रति राज्यको दृष्टिकोण हेयपूर्ण : अध्यक्ष बराल

काठमाडौं : राज्यबाट पाउनुपर्ने साथ र संरक्षण नपाएको भन्दै काठमाडौंका होटल व्यवसायीहरूले गुनासो गरेका छन् । होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले नेपाल पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमिति सदस्यहरूसँगको भेटका क्रममा व्यवसायीहरूले भोगिरहेको वास्तविकता प्रस्तुत गर्दै राज्यको दृष्टिकोणप्रति गम्भीर प्रश्न उठाए ।

ncell

अध्यक्ष बरालका अनुसार देश–विदेशका पर्यटकको बाक्लो आगमन हुने क्षेत्रहरूमा रहेको होटलहरूलाई सुरक्षाको प्रत्याभूति दिनु त परै जाओस्, प्रहरीले नै राति १० बज्नासाथ सिठ्ठी फुक्दै होटल बन्द गराउने गरेको व्यवहार अत्यन्तै आपत्तिजनक छ । 'होटल व्यवसाय अपराध होइन, यो त पर्यटन विकासको मेरुदण्ड हो,' उनले भने, 'तर व्यवहारमा हामी अपराधीजस्तै व्यवहार भोगिरहेका छौं ।'

No description available.

पत्रकारहरूसँगको संवादमा बरालले राज्यले होटल व्यवसायप्रति देखाएको दृष्टिकोण नीतिगत रूपमा मात्र होइन, व्यवहारगत रूपमा पनि हेयपूर्ण देखिएको स्पष्ट पारे ।

त्यसैगरी संघका सचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटल रोयल पैलेसका सञ्चालक अनिष बानियाले पनि राज्यको दृष्टिकोणप्रति गम्भीर असन्तुष्टि जनाउँदै भने, “हामीले हरेक कानूनी प्रक्रिया पालना गर्छौं, कर तिर्छौं, तर रातको समयमा सञ्चालानमै रोक लाग्ने व्यवहारले हामी व्यवसायी होइन, दोषी ठहरिएको अनुभूति हुन्छ ।”

नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सञ्चार क्षेत्र र राज्यले पर्यटन र निजी व्यवसायलाई सम्मानजनक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाए । उनले भने, “हाम्रो पत्रकारिता होटल व्यवसायको पक्षमा मात्र होइन, राष्ट्रको आर्थिक विकासको पक्षमा पनि खडा हुन्छ ।”

सम्बन्धित खबर