२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

दमाममा नेपाली दूतावासको निःशुल्क सेवा शिविर

अन्जान गुभाजु
२०८२ वैशाख १४ गते २१:५१
दमाममा नेपाली दूतावासको निःशुल्क सेवा शिविर

साउदी अरब : नेपाली राजदूतावास, रियादले साउदी अरबको दमाम क्षेत्रमा रहेका नेपाली श्रमिकहरूलाई लक्षित गरी दुई दिने निःशुल्क सेवा शिविर सम्पन्न गरेको छ । 

यही वैशाख १२ र १३ गते दमाममा आयोजित शिविरमा नेपाली श्रमिकहरूलाई राहदानी नविकरण, राहदानी वितरण, नेपाल फर्किन चाहनेहरूको विवरण संकलन, रोजगारदाता कम्पनीको विवाद समाधान प्रयास, श्रमिक समस्यासम्बन्धी परामर्शलगायतका सेवा निःशुल्क प्रदान गरिएको थियो । 

शिविरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरब, स्थानीय संघसंस्थाको सहकार्यमा विद्युतिय राहदानीका लागि १ हजार १ सय ९८ जना नेपालीको लाइभ इनरोलमेन्ट गरिएको छ । यसैगरी, ५ सय ७२ जना श्रमिकलाई नयाँ राहदानी वितरण गरिएको भने नेपाल फर्कन चाहने केही भन्दा बढी श्रमिकहरूको विवरण संकलन गरिएको राजदूतावासले जनाएको छ ।  

साथै, दूतावासले विभिन्न सेवाबाट करिब ८२ लाख नेपाली रुपैयाँ राजश्व संकलन गरेको छ । दमाम क्षेत्रमा नेपाली श्रमिकहरूको उच्च उपस्थिति र पारिवारिक तथा कार्यालय सेवाको अभावलाई ध्यानमा राखेर आयोजित शिविरले नेपाली श्रमिकहरूलाई निकै राहत पुर्‍याएको बताइएको छ । राजदूतावासले शिविरको सफल आयोजना सम्भव बनाउन सहयोग गर्ने सबै संघसंस्था, स्वयंसेवक तथा श्रमिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

ADV

सम्बन्धित खबर