२०८२ वैशाख १५ गते सोमवार / Apr 28 , 2025 , Monday
२०८२ वैशाख १५ गते सोमवार
Ads

‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल हुन् ?

मध्यान्ह
२०८२ वैशाख १५ गते १२:५०
‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल हुन् ?

काठमाडौं : नेपाली चलचित्र उद्योगमा ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सोसल ड्रामामा सफल चलचित्र दिएका निर्देशक दीपेन्द्र के खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ ।

जेठ २ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले घर र डेराको कथा भन्नेछ । घर र डेरोबीचको फरक बसाइले पारेको प्रभावको कथा भन्नेछ । घर र डेराका कारण समाजले जबरजस्त निर्धारण हुने सोसल स्टाटसको कथाव्यथाबारे बोल्नेछ ।

घर र डेरा कै कारण जतिसुकै उचनिच व्यवाहार भए पनि अन्ततः त्यसको प्रभाव जीवनको अन्त्यमा के पर्छ यसबारे पनि ‘के घर के डेरा : घर नं २’ले भन्ने निर्देशक खनालले भने ।

घर र डेराको कथा भन्दा सिनेमामा को हो डेरावाल र को हो घरभेटी ? चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । यी मध्ये चलचित्रमा को घरभेटी र को डेरावाल हुन् ?

पोस्टरमा सबैको उस्तैउस्तै लुक्स छ । तर, एउटा पोस्टरमा खगेन्द्र साइकल डोर्याइरहेका छन् । टिजरले पनि खगेन्द्रलाई दुखी पात्र देखाएको छ ।

त्यसैले खगेन्द्र डेरावाल हुन् कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । यदि, उनी डेरावाल हुन् भने घरभेटी आर्यन हुन् कि निश्चल यसबारे निर्देशकले केही जानकारी दिएका छैनन् ।

निर्देशक दीपेन्द्र के खनालले ‘के घर के डेरा : घर नं २’ सिक्वेल नभएको बताए पनि कथा घर र डेराको रहेको बताउँछन् । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् । कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर