दोहा कतार : प्रत्यक्ष दोहोरीबाट उदाएका तनहुँका लोक तथा दोहोरी गायक राजु ढकाल र बागलुङकी देवी घर्ती श्रीमान् श्रीमती हुन् । सयौं प्रत्यक्ष दोहोरी र दर्जनौं सांगीतिक कोसेली एकसाथ बजारमा ल्याएको यही सफल सांगीतिक जोडीले आफ्नै आवाज तथा अभिनयमा मंगलबार 'झलीको झलल' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
युवा अवस्थाको माया प्रेमको कथामा नवीन रानाले लेखेका शब्दलाई मिठो धुनले एचबिएन किस्मतले सिंगारेका छन् । देवी घर्तीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतलाई सामाजिक सञ्जालमा श्रोता/दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
ग्रामीण परिवेश समेटेर जेरी भण्डारीले भिडियोलाई सुन्दर बनाएका छन् । नवराज उप्रेतीले खिचेको भिडिओलाई राजकुमार मगरले सम्पादन गरेका हुन् ।