२०८२ वैशाख २३ गते मङ्गलवार / May 06 , 2025 , Tuesday
२०८२ वैशाख २३ गते मङ्गलवार
Ads

डा. उपाध्यायलाई ८औँ मानार्थ विद्यावारिधि

मध्यान्ह
२०८२ वैशाख २० गते १७:५५
डा. उपाध्यायलाई ८औँ मानार्थ विद्यावारिधि

काठमाडौं : विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको हो ।

डा. उपाध्यालाई साहित्य (डी लिट) मा उक्त विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको हो । समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायलाई यसअघि विभिन्न ७ विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेका छन् । यो उनको आठौं मानार्थ विद्यावारिधि हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्वविद्यालयले यसअघि ७ मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् ।

डा. उपाध्यायले गीत र साहित्यमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । 

समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई पनि मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो ।

डा. उपाध्यायले गीतसंगीत र विविध विधामा १५३ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै उनका १ दर्जन बढी उपन्यास, ३ गीतिपुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । २५०को हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । उनको नयाँ उपन्यास ‘आशक्ति’ प्रकाशनको तयारीमा छ ।
 

ADV

सम्बन्धित खबर