२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

‘गणतन्त्रवादीको आन्दोलनले प्रतिगमनवादी पराजित भए’

shivam cement
दिलमाया शाही
२०८२ वैशाख २० गते २०:५२
‘गणतन्त्रवादीको आन्दोलनले प्रतिगमनवादी पराजित भए’

जुम्ला : संविधानसभाका सदस्य तथा कर्णाली सरकारका पूर्वमन्त्री नरेश भण्डारीले गणतन्त्रवादीहरूले आयोजना गरेको आन्दोलनले प्रतिगमनवादीहरूलाई पराजित गरिदिएको बताएका छन् । पूर्वमन्त्री भण्डारीले गणतन्त्रमाथि धावा बोल्न खोज्ने राजामान्ने राजावादीहरुले चैत १५ मा गरेको आन्दोलनबाटै सकिएको दाबी गरे । 

उनले जनताले ठूलो कुरवानी र संघर्ष गरेर आएको गणतन्त्रका विरुद्ध जनता सचेत हुनु पर्नेमा जोड दिए । तीनकुनेमा राजावादीले गरेको आन्दोलनका कमाण्डर नै भाग्ने गरि अराजक आन्दोलन गरेको पुष्टि जनताले थाहा पाइसकेको बताए ।

रिपोटिङमा गएका पत्रकारलाई समेत जलाएर मार्ने अराजक आन्दोलन राजावादीको भइरहेको, एकदिनमै विभिन्न स्थानमा कब्जा गर्ने राजावादीको दिवा सपना चकनाचुर भएको उनले बताए  । उनले सोही दिन गणतन्त्रवादीहरुको भृकुटीमण्डपमा भएको प्रदर्शनले नागरिकमा गणतन्त्रमाथिको हमलाविरुद्ध जनता जागरुक छन् भन्ने पुष्टि भएको बताए । नेकपा माओवादी केन्द्र जुम्लाले हिमा गाउँपालिकामा आयोजना गरेको गाउँपालिका अधिवेशन उद्घाटन गर्र्दै पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, जिल्ला इन्चार्ज भण्डारीले जुम्लामा २०८४ को निर्वाचन माओवादीमय, गणतन्त्रमय बन्ने दाबी गरे ।

जुम्लाका सांसद ज्ञानेन्द्र शाहीलाई लक्षित गर्दै जुम्लाले ०८४ मा राजाका मतियारलाई माटोमा मिलाईदिने घोषणा समेत गरेका छन् । वि.सं २०७९ सालको संसदीय निर्वाचनमा जुम्लामा स्थापित नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनकाविरुद्ध लडेका शाहीले निर्वाचन जितेपछि जुम्लाको राजनीतिक वृत्तमा फरक तरंग छाएको थियो । तर मन्त्री भण्डारीले अब जुम्लामा गणतन्त्रवादी त्यसमा पनि माओवादीले जुम्ला विजय गर्ने दाबी छ ।

जुम्लालाई उज्यालो दिने चुकेनी जलविद्युत, आठ हजार धाराको धौलीगाडको खानेपानीका परिकल्पनाकार समेत रहेका भण्डारीले स्थानीय तहमा समेत माओवादीले वर्चस्व बढाउने दाबी गरे । 

अधिवेशनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले गणतन्त्रको रक्षाको लागि सवे सवै सचेत भएर अगाडि बढ्न अनुरोध गरे  । उनले गाउँवस्तीमा अब माओवादीबाटै आशा पाएको बताए । जुम्लामा नेकपा माओवादी केन्द्रले अहिले पालिकास्तरीय अधिवेशन गरिरहेको छ ।

पातारासी गाउँपालिकामा भक्तबहादुर बुढा, गुठिचौर गाउँपालिकामा जितेन्द्र लामाको संयोजकत्वमा पालिका स्तरीय कमिटी सर्वसम्मत चयन भएका छन् ।
यसैगरी हिमा गाउँपालिकामा सुरू भएको छ भने अन्य पालिकामा निरन्तर अधिवेशन हुने तालिका रहेको जिल्ला अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए  । उनले अधिवेशनबाट सबै वडादेखि पालिकासम्म माओवादी केन्द्रको नयाँ र जुजारु नेतृत्व आउने बताए । 
 

ADV

सम्बन्धित खबर

Advertise