२०८२ असार २१ गते शनिवार / Jul 05 , 2025 , Saturday
२०८२ असार २१ गते शनिवार
Ads

सरकार नाङ्गै तर भन्न कोही तयार छैन : सांसद सिंह

shivam cement
मध्यान्ह
२०८२ वैशाख २२ गते १६:३७
सरकार नाङ्गै तर भन्न कोही तयार छैन : सांसद सिंह

काठमाडौं : स्वतन्त्र सांसद अमेरशकुमार सिंहले सरकार नाङ्गै रहेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रमा संशोधन प्रस्ताव पेश गर्दै सांसद सिंहले भने, ‘युरोपमा एउटा राजा नाङ्गै हिँडिरहेका थिए । तर, उसको डरले कोही पनि भन्न तयार थिएनन् कि राजा नाङ्गै छ । त्यस्तै यो दुईतिहाइको सरकार नाङ्गै छ, नीति तथा कार्यक्रम नाङ्गै छ तर, कोही पनि भन्न तयार छैन कि यो सरकार नाङ्गै छ ।’ 

उनले यो सरकार गठन भएदेखि साना दलको अस्थित्व खतरामा परेको बताए । सरकार दलित, महिला, मधेसीलाई समाप्त गर्न लागेको आरोप लगाउँदै सिंहले उनीहरूको उत्थानका लागि नीति तथा कार्यक्रममा कहीँ केही उल्लेख नगरिएको गुनासो गरे ।

सिंहले भुटानी शरणार्थी प्रकरणको कारण बनेको सरकारले अनुसन्धान प्रभावित बनाएको पनि आरोप लगाए । उनले सुशासनको कुरा कागजमा नभई व्यवहारमा देखिनु पर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरणको कारणले यो सरकार बनेको थियो । मैले सदनको यही हलमा सर्ट खोलेर प्रदर्शन गर्दै अनुसन्धानको माग गरेको थिएँ । अहिले त्यो अनुसन्धान कहाँ पुग्यो ?’ सांसद सिंहले प्रश्न गरे, ‘वाइडबडी, टेरामक्स काण्डको अनुसन्धान कहाँ पुग्यो ?’

वर्तमान सरकारले विदेशीसँग ऋण लिएर भ्रष्टाचार गरिरहेको दाबी गर्दै उनले सरकारमा बस्नेहरूमा सत्ताउन्माद बढेको चर्चा गरे ।

उनले शिक्षा, स्वास्थ्य र सडक ध्वस्त हुँदा पनि सरकारको प्राथमिकता पानीजहाज र रेलमा परेको भन्दै गुनासो गरे ।
स्वदेशमा विद्यार्थी रोक्न नसक्ने सरकार नयाँ–नयाँ विश्वविद्यालय खोल्न र आफ्ना मान्छेलाई भीसी, रेक्टर बनाउन तल्लिन रहेको पनि उनले जिकिर ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise