२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

मनकामना केबलकार उच्च प्रविधियुक्त बनाइँदै, ५० दिन बन्द हुने

ADV
मध्यान्ह
२०८१ असार २३ गते १२:५१
मनकामना केबलकार उच्च प्रविधियुक्त बनाइँदै, ५० दिन बन्द हुने

काठमाडौं : मनकामना केबलकारको स्तरोन्नति गरेर उच्च प्रविधियुक्त बनाइने भएको छ । हाल एनालग प्रविधिमा चलिरहेको केबलकारलाई डि–कनेक्ट प्रविधिमा रूपान्तरण गर्न लागिएको हो । यसको लागत ५० करोड रुपैयाँको हुने बताइएको छ। स्तरोन्नतिका लागि ३१ असारदेखि ५० दिन केबलकार बन्द हुने सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

डि–कनेक्ट प्रविधि जडान भएसँगै केबलकार डिजिटल प्रविधिबाट चल्नेछ भने यसको मेन मोटर एसी करेन्टबाट चल्ने बताइएको छ । त्यस्तै हाल दुई स्टेसनबीच जडित कम्युनिकेसन केबलसमेत डिजिटल प्रविधिअनुरूप हुने भएकाले सो पनि फेरिने कम्पनीको भनाइ छ ।

केबलको लम्बाइ ३२ सय मिटरको हुनेछ । साथै मेन केबल तार लट्ठा पनि क्रमशः पुरानो भएकाले सोसमेत यसैपटक रोकिएको अवधिमा फेरिनेछ र जसको लम्बाइ करिब ६ हजार पाँच सय मिटरको हुने बताइएको छ । केबलकारको स्तरोन्नतिका लागि अस्ट्रियाबाट प्राविधिक नेपाल आइसकेका छन् ।

मर्मतसम्भार पछि सुरक्षाका हिसाबले केबलकारको सेवा थप प्रभावकारी हुने कम्पनीले विश्वास लिएको छ । मनकामना केबलकारले अहिले महिनामा एक लाख भन्दा यात्रुलाई सेवा दिदै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise