२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

पौडेलले पाए सर्वोत्कृष्ट नवगीतकारको अवार्ड

Nada
२०८२ वैशाख २४ गते १३:०१
Shares
पौडेलले पाए सर्वोत्कृष्ट नवगीतकारको अवार्ड

काठमाडौं : गीतकार रोहन पौडेल (जनक)ले 'सर्वोत्कृष्ट नवगीतकार'को अवार्ड प्राप्त गरेका छन् । ‘पावर इन्टरनेसनल मिडिया नेपाल’ (पिम नेपाल)ले शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा आयोजना गरेको ‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड, २०८१’ (आठौं संस्करण)मा पौडेलले 'तिमी रिसाउनु मै फकाउँला' बोलको आधुनिक गीतका रचनाकार पौडेलले सर्वोत्कृष्ट नवगीतकारको अवार्ड प्राप्त गरेका हुन् ।

ncell

गीतकार पौडेल वैदेशिक रोजगार व्यवसायी पनि हुन् । कोष ओभरसिज प्रा.लि.का संचालक पौडेल गीतसंगीत क्षेत्रमा परिचित तथा उदीयमान गीतकारको रूपमा चिनिन्छन् ।

No description available.

मोरङको गोबिन्दपुर गाउँमा जन्मिएका पौडेलले ४ वर्षअघि 'जेल पनि सहुँला नेल पनि सहुँला' बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याएका थिए, जुन गीत संगीतप्रेमीका बीच अत्यधिक लोकप्रिय बनेको थियो । यसअघि पौडेलका 'कुनै दिन कुनै पल', 'चन्चले चुलबुले', 'भुलिदेउ भन्छौ', 'जिन्दगीको दुई पल', 'तिमीलाई आफ्नो बनाउँ कसरी', 'डर छैन चोखो माया गर्नलाई' जस्ता गीतहरू बजारमा आइसकेका छन् ।

यस्तै हालसालै पौडेलको 'जेल पनि सँहुला' भाग-२ मार्फत 'मर्नु परे मरौंला' बोलको गीत सार्वजनिक भएको थियो । उक्त गीत दर्शक स्रोताहरूको मन जित्न सफल भइरहेको छ । उनका अन्य धेरै सिर्जनाहरू बजारमा आउने तयारीमा रहेका छन् ।

No description available.

वैदेशिक रोजगार व्यवसायसँगै पौडेल गीतसंगीतमा पनि उत्तिकै सक्रिय छन् । व्यवसायीबाट बचेको समय आफूले गीतसंगीतलाई दिने गरेको पौडेल बताउँछन् । खाली समयको सदुपयोग गर्दै गीतसंगीतमा रम्न पाउँदा आफूलाई आनन्द लाग्ने उनको भनाइ छ । उनी भन्छन्, 'व्यवसाय मेरो दालभात हो भने संगीत, गीत रचना, लेखन त्यही दालभातका लागि गरिने दिनभरको थकान मेटाउने साधन हो, थेरापी हो, मन र तनलाई आनन्द दिने योगा, प्रवचन वा भावात्मक मन्थन हो । त्यसैले खाली समयको सदुपयोग गर्ने गरेको छु ।'

सालिन, हंसमुख, लजालु र सरल स्वभावका पौडेलका गीतहरू मायाप्रेमका साथै सामाजिक परिवेशमा आधारित रहेका छन् ।

No description available.

ताजा खबर

सम्बन्धित खबर