२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

गायक पशुपति शर्मा र गायिका शर्मिला गुरुङले कतारमा प्रस्तुति दिँदै

Nada
तिलु शर्मा पौडेल
२०८२ वैशाख २४ गते १९:०८
Shares
गायक पशुपति शर्मा र गायिका शर्मिला गुरुङले कतारमा प्रस्तुति दिँदै

दोहा कतार : सामाजिक सेवाको भावनालाई अझ बलियो बनाउने विश्वाससहित स्याङ्जा सहयोग समाज कतारले बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । जिल्लामा रहेका "अनाथ तथा असहाय बालबालिकाहरूको सहयोगार्थ" समाजले २१औं स्थापना दिवस तथा २०औं वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जनाएको छ ।

ncell

आगामी १६ मे २०२५, शुक्रबारका दिन अल लुक्तामा रहेको ट्युनिसियन स्कुलको कभर्ड हलमा हुन लागेको सांस्कृतिक कार्यक्रममा आफ्ना सांगीतिक प्रस्तुति दिन बहुचर्चित लोकदोहोरी सर्जक तथा गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शर्मिला गुरुङ र रामचन्द्र ढकाल कतार आउने भएका छन् । कलाकारहरूले आफ्नो प्रस्तुतिमार्फत कार्यक्रममा थप रौनकता थप्नेछन् ।

कतारमा रहेका कलाकारहरूले पनि आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् भने नेपाली मौलिक नौमती बाजामा प्रत्यक्ष दोहोरी घम्साघम्सी पनि रहने कार्यक्रम संयोजक शिवराम ढकालले मध्यान्ह दैनिकलाई जानकारी दिए । बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा सरिक हुन दर्शकहरूलाई विभिन्न ठाउँबाट निःशुल्क यातायातको सुविधा उपलब्ध गराइने समाजका अध्यक्ष घनश्याम अर्यालले बताए ।

समाजका महासचिव रोशन अर्यालले कार्यक्रममा प्रवेशका लागि ३० रियाल मात्र शुल्क कायम गरिएको बताउँदै सांस्कृतिक कार्यक्रम भएको हुँदा भाषणलाई न्यूनतम संख्यामा झारिएको बताए । उनले अनाथ तथा असहाय बालबालिकाको सहयोगार्थ आयोजित यस पुण्य कार्यमा सहभागी भइदिन कतारवासी नेपालीहरूलाई अनुरोध गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर