२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट र दुर्व्यवहार, दलित पत्रकार संघको ध्यानाकर्षण

shivam cement
पुर्ण कुमार
२०८२ वैशाख २५ गते २१:०३
प्रहरीद्वारा पत्रकारमाथि कुटपिट र दुर्व्यवहार, दलित पत्रकार संघको ध्यानाकर्षण

सुर्खेत : उच्च अदालत सुर्खेत अगाडि रिपोर्टिङ गर्न खटिएका सुर्खेतका दुई पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ । 

प्रहरीले पत्रकार अंगराज परियार र प्रज्वल चुनारामाथि कुटपिट गरेको हो । कुटपिटबाट आफुहरुको छाती, घाँटी र हातमा चोट लागेको पत्रकार चुनाराले  जानकारी दिए ।

उनले आफुहरुले भिडिओ खिचिरहेको समयमा आएर प्रहरीले भिडिओ खिच्न पाउँदैनस् भन्दै मोबाइल खोसेको र आफुहरुलाई लठ्ठीले कुटपिट गरेको बताए । दुवै जनाले आफ्नो परिचयपत्र देखाउँदा देखाउँदै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्युटीमा खटिएका असइ एन.वि.राना लगायतको अन्य सुरक्षाकर्मीहरुले कुटपिट गरेको जानकारी दिए ।

‘मिडियाको परिचयपत्र कार्ड लगाएर हामीले भिडिओ खिचिरहेका थियौं, एक्कासी प्रहरीले आएर यस्ता परिचयपत्र र पत्रकारको काम छैन भन्नुभयो,’ उनले भने, ‘तलाइँ चिनेको छु भन्दै भिडिओ खिच्न पाउँदैनस् भनेर मोबाइल खोस्नुभयो, मोबाइलमा भएको भिडिओ फुटेज सबै डिलिट गर्नुभयो ।’ 

यस्तै प्रहरीले धर्नामा बसेकी जाजरकोटकी शर्मीला शाहीलाई पनि कुटपिट गरेको छ । कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यता पत्रकारमाथि कुटपिट भएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल सुर्खेत शाखाले गम्भीर आपत्ति जनाएको छ ।

संघले घटनाको क्रममा पत्रकारहरुको क्यामरा नियन्त्रणमा लिइ त्यसमा कैद गरिएका भिडिओ फुटेज तथा अन्य सामग्री डिलिट गरिएको भन्दै छानबिनको माग गरेको छ । 

संघले भनेको छ, ‘आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ पत्रकारमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहार केवल अशोभनीय मात्र नभइ पूर्ण रूपमा निन्दनीय छ ।’

संघले यस घटनाको कडा शब्दमा भत्र्सना गर्दै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ ।

पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिलाउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ । 

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले पत्रकारलाई कुटपिट नगरेको बताउँदै सामान्य धकेलाधकेल मात्र  भएको बताए । ‘पत्रकारलाई कुटपिट भएको होइन,’ उनले भने, प्रहरीहरुको बीचमा केही धकेलाधकेल भयो होला, तै पनि के रहेछ हामी बुझ्छौँ ।’

ADV

सम्बन्धित खबर

Advertise