रमेश खत्री्/मध्यान्ह
दार्चुला, १९ फागुन
सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख उत्तमराज सुवेदीले दार्चुलाको विकृति विसङ्गती न्यूनिकरणमा स्थानीय तहहरुको भूमिका पहिलो रहेको बताएका छन् ।
बुधबार दार्चुला सदरमुकाममा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पछिल्लो समय नयाँ पुस्ताले लागूऔषध दुव्र्यसन, साइबर अपराधका क्रियाकलापहरु र लागूपदार्थ दुव्र्यसनीमा लागेकाले यसको नियन्त्रणका लागि दार्चुला जिल्लाका स्थानीय तहहरु लगायत अन्य संघसंस्थाहरुले सक्रियता बढाउनु आवश्यक रहेको प्रमुख सुवेदीले बताए ।
जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीले स्थानीय सरकारसँग हरेक अधिकारहरु भएकाले अबका दिनमा समाजमा हुने अपराध न्यूनिकरणका लागि जनचेतना मुलक कार्यक्रमहरु गरी कुसंस्कार कुरीतिहरुलाई कम गर्न सहज हुने बताए ।
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जिल्लामा हुने आपराधिक क्रियाकलापहरुमा राजनीतिकरण हुने भएकाले अबका दिनमा अपराध तथा विकृतिहरुको न्यूनिकरणमा प्रहरी प्रशासनलाई निष्पक्ष ढंगबाट काम गर्न दिनु आवश्यक भएकोे बताए ।
जिल्ला प्रहरी कार्यालय दार्चुला र सुदुरपश्चिम प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत जिल्लामा रहेका सरोकारवाला निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरु, दार्चुला स्थिति कार्यालयका प्रमुख, विद्यालयका प्रध्यानाध्यापक, संचारकर्मी लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies