२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पोखरेल पुनः निर्वाचित, आइपीओ जारी गर्ने प्रस्ताव पारित 

ADV
मध्यान्ह
२०८१ असार २३ गते १७:५०
ट्रष्ट माइक्रो इन्स्योरेन्सको अध्यक्षमा पोखरेल पुनः निर्वाचित, आइपीओ जारी गर्ने प्रस्ताव पारित 

बुटवल  : ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा जगत बहादुर पोखरेल पुनः निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न कम्पनीको प्रथम साधारण सभाले अध्यक्षमा पोखरेलसहित बोर्ड सदस्यहरूमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपानेलाई निर्वाचित गरेको हो ।

अध्यक्षमा निर्वाचित पोखरेल लघुवित्त महासंघ नेपाल, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी उर्जा कम्पनीलगायतको संस्थापक तथा वहालवाला अध्यक्ष हुन् । उनी आरम्भ चौतारी माईक्रो फाईनान्सको संस्थापक अध्यक्ष र लुम्बिनी मेडिकल कलेजको संस्थापक पनि हुन्  ।

माइक्रो इस्स्योरेन्सको साधारण सभाले आगामी आर्थिक बर्षमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीका उप-कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठले जानकारी दिए । 

बुटवलमा प्रधान कार्यालय र काठमाडौँमा कर्पोरेट कार्यालय रहेको कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा शुरु गर्ने निर्णय पनि गरेको छ । 

घुम्ती बीमा सेवाका लागि नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पुर्ण वहादुर थापा, कम्पनीका अध्यक्ष पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जवल ढुंगानाले संयुक्त रुपमा मोवाईल भ्यानको समेत उद्घाटन गरेका थिए । 

मोवाईल भ्यानमार्फत सर्वसाधारणलाई उनीहरूकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रक्रियाको बारेमा सचेतनासहितको सेवा कम्पनीले दिने सिइओ ढुंगानाले बताए । 

गत चैत्र ९ गतेदेखि औपचारिक रुपमा बुटवलबाट सेवा शुरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत सेवा प्रदान गर्दै आएको छ । 

सेवा शुभारम्भ गरेको छोटो समयमै राम्रो कारोवार गर्न सफल यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामुहिक तथा व्यक्तिगत दुर्घटना बीमा ५० लाख रुपैयासम्मको घर, सम्पत्ति र सावारी साधन बीमा सेवा दिने गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise