२०८२ जेठ ११ गते आइतवार / May 25 , 2025 , Sunday
२०८२ जेठ ११ गते आइतवार
Ads

नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

मध्यान्ह
२०८१ असार २३ गते २१:०७
नेपाल एसबिआई बैंकले मनायो ३१औं वार्षिकोत्सव

काठमाडौं : नेपाल एसबिआई बैंकले ३१औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा चर्चा गरे ।

उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्‍याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिए । 

प्रमुख संचालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीहरुलाई धन्यवाद दिएका थिए । साथै, बैंकले सोे अवसरमा सबै शाखा तथा कार्यालयहरुबाट आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई मिठाइ वितरण गरेको थियो ।

ADV

सम्बन्धित खबर