२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

मोना कतारले गर्‍यो कोषाध्यक्ष रिजालको बिदाइ

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ ४ गते २१:१७
मोना कतारले गर्‍यो कोषाध्यक्ष रिजालको बिदाइ

दोहा कतार : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले २०२५/२७ कार्यसमितिका कोषाध्यक्ष नवराज रिजाललाई संस्थागत बिदाइ गरेको छ । करिब दुई दशक लामो कतारको बसाइ बिट मारेर मातृभूमि फर्कन लागेका रिजाललाई शनिबार साँझ एक कार्यक्रमका बीच दोसल्ला ओढाएर मायाको चिनोसहित बिदाइ गरिएको हो ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहँदा केही वर्ष पहिले मात्र मोना कतारमा आबद्ध रहेर सामाजिक कार्यमा सक्रिय रहेका रिजालले मोना कतारसँग प्रत्यक्ष जोडिएर थप सामाजिक कार्यहरू गर्ने मन हुँदा हुँदै बसाइलाई टुंग्याउनु परेको बताए । उनले कतारमा संस्था भनेको आमा सरह भएको र मोना एक घर भएको हुँदा परिवारबाट छुटेर जानुको पीडा आफूलाई परेको बताए । करिब १८ वर्ष लामो बसाइलाई टुंग्याएर जाँदै गर्दा सबैसँग सँगै हातमा हात र काँधमा काँध मिलाएर जाने रहर भए पनि बाध्यता र विवशताले छुट्टिएर जानु पर्दा आफूलाई दु:ख लागेको बताए ।

संघका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता, मोना आईईसीका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि फगामीले जहाँ रहेपनि सत्कर्मको फल मिल्ने बताउँदै स्वदेशमै केही उद्यम गर्न सुझाव दिए । संघका संस्थापक अध्यक्ष प्रेम रसाइली, संरक्षकद्वय विक्रम कार्की, रमेश पौडेल, प्रमुख सल्लाहकार राजु पौडेललगायतका अन्य पदाधिकारीहरूले रिजाललाई सुखमय जीवनको कामना गर्दै शुभकामना दिएका थिए ।

वरिष्ठ उपाध्यक्ष देवी कँडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले कतार बसाइलाई बिट मारेर नेपाल फर्किए पनि निरन्तर रूपमा मोना कतार र मोना कतार बहुउद्देश्यीय अक्षयकोषसँग जोडिरहन आग्रह गरे । कार्यक्रमलाई महासचिव शिव खड्काले सहजीकरण गरेका थिए ।

ADV

सम्बन्धित खबर

Advertise