२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

डोल्पाका यार्सा पाटनमा भोलिदेखि यार्सा संकलन गर्न पाइने

shivam cement
पूर्ण सार्की
२०८२ जेठ ४ गते २१:४४
डोल्पाका यार्सा पाटनमा भोलिदेखि यार्सा संकलन गर्न पाइने

डोल्पा : हिमाली जिल्ला डोल्पाका विभिन्न पाटनमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनको याम सुरु भएको छ । यार्सा संकलनको समय सुरु भएसँगै यति खेर डोल्पाका गाउँ बस्ती सुनसान हुन थालेका छन् । यो वर्ष जेठ ५ गते देखि डोल्पाका पाटनहरुमा यार्सागुम्बा संकलनको लागि प्रवेश खुला गरिँदै छ । डोल्पाका दर्जनौ भन्दा बढी पाटनमा पाइने यार्सागुम्बा संकलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट हजारौंको संख्यामा सर्वसाधारण आउने गर्छन् ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयका यार्सापाटनमा यार्सागुम्बा संकलन गर्न जानेको भीड देखिन थालेको  छ । यार्सागुम्बा संकलनका लागि निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रका बासिन्दालाई प्रतिव्यक्ति ५ सय, जिल्ला भित्रका बासिन्दालाई प्रतिव्यक्ति २ हजार  र बाहिरी जिल्लाबाट आउने संकलनकर्ताका लागि ३ हजारका दरले प्रवेश शुल्क निर्धारण गरिएको छ ।

यार्सा संकलन गर्न यार्सा पाटनमा  प्रवेश गरेपछि यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय डोल्पाले आग्रह समेत गरेको छ ।

यार्सा संकलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न , यार्सागुम्बा बाहेक अन्य जडिबुटी संकलन  तथा चोरी नगर्न समेत आग्रह गरिएको डिभिजन वन कार्यालय डोल्पाका प्रमुख मुन बहादुर रावतले जानकरी दिए । डोल्पाको सागबारी, घोप्का, कुनास, भाङका, कागमारा , ग्यालबारा, माटे, रूप पाटन, प्यारीघोप्का , ठाँगे, लगायतका दर्जनौ भन्दा बढी  पाटनमा यार्सागुम्बा पाइन्छ । 

डोल्पा जिल्लाका सर्वपक्षीय, सर्वदलीय निर्णयअनुसार जेठको ५ गतेदेखि मात्र यार्सा संकलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिएसँगै यार्सा संकलन गर्न विभिन्न ठाउँ, गाउँदेखि संकलकहरु पाटन प्रवेश गरिसकेका छन् ।  

गत वर्ष यार्सा संकलनमार्फत निकुञ्ज र वन कार्यालयले करोडौं रुपैयाँ बराबरको राजस्व संकलन गरेका थिए । सदा झै यो वर्ष पनि यार्सा चोरी हुन नदिन शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र भित्रका नेपाली सेना परिचालन गरेको थियो । जलवायु परिवर्तन र यार्सापाटनमा गरिएको मनपरी फोहोर लगायत हिमाल तिरै हिमपात नपर्नाले पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कम हुँदै गएको डोल्पाका स्थानीयको भनाइ छ ।

यार्सा गुम्बा को सिजन सँगै सुनसान डोल्पाका गाउँ बस्ती

प्राकृतिक औषधिका रूपमा चर्चित यार्सा गुम्बा संकलनको सिजन सुरु भएसँगै डोल्पाका गाउँ–बस्तीहरू यति बेला सुनसान हुन थालेका छन्। जेठको पहिलो साता बाटै डोल्पाका हजारौं परिवार यार्सा टिप्न उच्च हिमाली पाटन तिर लागेपछि गाउँमा सन्नाटा छाएको छ ।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज। वन कार्यालयका दर्जनौं भन्दा बढी पाटनमा  अधिकांश डोल्पा बासी बासिन्दा यार्सा टिप्न महिना भरी पुग्ने राशन बोकेर पाटनतिर गएका छन् । यार्सा सिजन सुरु भएसँगै डोल्पाका अधिकांश गाउँमा विद्यालयबन्द हुने क्रममा छन्, खेतबारीमा काम गर्ने कोही छैनन् । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार एकैचोटि हजारौँ मानिस यार्सा संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्ने गर्छन् ।

‘हरेक वर्षको जस्तै यसपालि पनि गाउँमा १ महिना जति मान्छे भेटिँदैन,’ हिमज्योति आधारभूत विद्यालयका प्रअ मन बहादुर सार्कीले  भने,‘डोल्पाका अधिकांश विद्यालय बन्द हुने क्रममा छन्, विद्यार्थी, शिक्षक, सबै जना  यार्सासंकलन गर्न तिर लागेका छन् ।’

यार्सा गुम्बा डोल्पाको प्रमुख आम्दानीको स्रोत हो । एक किलो यार्सा गुम्बा नेपाली बजारमा लाखौँ रुपैयाँमा बिक्री हुने भएकाले ग्रामीण बासिन्दाका लागि यो सुनझैँ महत्वपूर्ण छ । तर यसको प्रभाव गाउँको दैनिक जीवन, शिक्षा, स्वास्थ्य सेवा र वातावरणमा समेत परेको छ । सदाझैं यस वर्ष पनि डोल्पा जिल्ला निकुञ्ज र वन कार्यालयका अनुसार यार्सा संकलनलाई व्यवस्थित गर्न थुप्रै नियमहरु बनाइएका छन् । 

ADV

सम्बन्धित खबर

Advertise