२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

लुक्ला उडेकाे समिट एयरको विमानमा प्राविधिक समस्या भएपछि काठमाडौँमा अवतरण

Nada
२०८२ जेठ ५ गते ०९:५६
Shares
लुक्ला उडेकाे समिट एयरको विमानमा प्राविधिक समस्या भएपछि काठमाडौँमा अवतरण

काठमाडौँ :  काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ ट्वीनअटर विमानमा प्राविधिक समस्या देखिएपछि  उक्त विमानलाई सुरक्षित अवतरण गरिएको छ। 

ncell

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए। 

बिहान ७ बजेर २४ मिनेटमा विमान सुरक्षित अवतरण भएको हो । विमानको इञ्जीनमा समस्या पहिचान भएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ।
 

ताजा खबर

सम्बन्धित खबर