२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

पत्रकार केसी पक्राउ परेको घटनाप्रति महासंघ एसोसिएटको ध्यानाकर्षण

Nada
२०८२ जेठ ५ गते २०:३७
Shares
पत्रकार केसी पक्राउ परेको घटनाप्रति महासंघ एसोसिएटको ध्यानाकर्षण

काठमाडौं : पत्रकार सुजित केसीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

ncell

नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पत्रकार मञ्चका सदस्य समेत रहेका पत्रकार केसीलाई साइबर अपराधको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

हिरासतमा रहेका पत्रकार केसीलाई सोमबार नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश समितिका अध्यक्ष रोयल आचार्य, केन्द्रीय सदस्य मनुका कुँवरसहितले टोलीले भेट गरी उनको अवस्थाबारे जानकारी लिएको छ । 

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा प्रश्न उठाउँदै फेसबुकमा लेखेको भन्दै केसीलाई जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यद्यपि, कसले जाहेरी दिएको हो भन्ने कुरा भने गोप्य राखेको छ । 

फेसबुकमा प्रश्न उठाउँदै प्रश्न राखेकै भरमा पत्रकारलाई दुःख दिने नियतले पक्राउ गरिएकोप्रति महासंघको प्रदेश समितिले गम्भीर आपत्ति जनाएको छ । 

एसोसिएट प्रदेश समितिका महासचिव अशेष अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फेसबुकमा लेखेको स्टाटस समेत डिलिट गरिसकेको अवस्थामा पत्रकार पक्राउ पर्नु भनेको संविधानमै प्रष्ट लेखिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध रहेको हाम्रो ठहर छ । पत्रकार केसीलाई यथाशीघ्र रिहाई गर्न नेपाल सरकार गृहमन्त्रालय तथा नेपाल प्रहरीलाई नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समिति अनुरोध गर्दछ ।’

ताजा खबर

सम्बन्धित खबर