२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

मुस्लिम समुदायले गर्‍यो कोशी सांस्कृतिक केन्द्रको माग

Nada
इसत्याक अहमद
२०८२ जेठ ५ गते २०:३८
Shares
मुस्लिम समुदायले गर्‍यो कोशी सांस्कृतिक केन्द्रको माग

काठमाडौं : सुनसरीको इनरुवादेखि एक किमी पश्चिमम भोक्राहा–नरसिंह गाउँपालिका वडा नं. ४ मा एसियन हाईवेसँगैको जग्गामा “कोशी सांस्कृतिक केन्द्र“ निर्माणको लागि मुस्लिम समुदायले अर्थ मन्त्री विष्णु पौडेलसँग माग गरेका छन् । 

ncell

नेकपा एमाले सुनसरी ईञ्चार्ज तथा पूर्वमन्त्री जगदिसप्रसाद कुसियतको नेतृत्वमा गएको टोलीले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेललाई योजनाबारे ब्रिफिङ्ग गर्दै उक्त माग गरेको थियो ।

आज अपरान्ह दावा एण्ड इस्लाह सेण्टरको ६ कठ्ठा जग्गामा उक्त साँस्कृतिक केन्द्र निर्माणका लागि टोलीले विस्तृत परियोजना प्रतिवेदन (म्एच्) र  प्रोपोजल अर्थ मन्त्रीलाई बुझाएको छ ।

कोशी प्रदेश स्तरमा निर्माणको अवधारणा तयार गरिएको यस कोशी सांस्कृतिक केन्द्रमा मुस्लिम समुदायको सांस्कृतिक झाँकी दिने कार्यालय, सङ्ग्रहालय, अतिथि गृह,  हज्ज व्यवस्थापन हल, फरक फरक आकारका सभा हल, मस्जिद, पुस्तकालय, सीपमुलक तालीम केन्द्र, हलालमैत्री भोजनालय, पार्किङ्ग आदिको सुविधा हुने कुरा ब्रिफिङ्गको दौरान पूर्वमन्त्री हुसैनले बताए ।

प्रतिनिधिमण्डलले अर्थमन्त्रीका साथै प्रधानमन्त्री र अर्थ सचिवलाई भेटेर परियोजनाबारे छलफल गरेको छ । बिफिङ्ग सुनेपछि अर्थमन्त्री पौडेलले योजनाबारे सकारात्मक रहेको बताए ।

प्रतिनिधिमण्डलमा पूर्वमन्त्री जगदिसप्रसाद कुसियत, पूर्वमन्त्री तथा  संविधान सभा सदस्य मोहम्मद जाकिर हुसैन, धरान उमनपाका पूर्व उपप्रमुख मञ्जु सुवेदी, एमाले नेता लश्करी अन्सारी, अब्बास अन्सारी, जमील अन्सारी, दिनेश निरौला रहेका थिए ।

ताजा खबर

सम्बन्धित खबर