२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

प्रथम महिला शाक्य भन्छिन्– ‘ढुक्क हुनुहोस्, राजनीतिमा आउँदिनँ’

मध्यान्ह
२०८२ जेठ ५ गते २१:१९
प्रथम महिला शाक्य भन्छिन्– ‘ढुक्क हुनुहोस्, राजनीतिमा आउँदिनँ’

काठमाडौं : ‘करुणा’ लेखक राधिका शाक्यको सम्पादकहरूसँग संवाद कार्यक्रम सम्पन्न भएको छ । प्रेस चौतारी नेपालले सुकेधारास्थित मक्र्योर होटलमा सो संवाद कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा करिब ३ दर्जन सम्पादकहरूले पुस्तक ‘करुणा’का बारेमा जिज्ञासासँगै सुझाव राखेका थिए । सम्पादकहरूको जिज्ञासामा जवाफ दिँदै प्रथम महिला शाक्यले पुस्तक ‘करुणा’ कसैलाई उपदेश दिन या कसैका फाइदाका लागि नलेखेको स्पष्ट पारिन् । 

May be an image of 6 people, dais and text that says 'CR LOSE මවන G41 "करूणा" लेखक राधिका शाक्यको सम्पादकहरुसँग संवाद करुणा रटक อางส आयोजक: मिति: ၃၀၀၃ मिति:२००जेठब्गतेसोनवार जेठ गते, सोमबार समय: दिनको बजे स्थान: होटल मर्क्योर, ईद्स, काठमाडी CHAUTANI EACIRGIN aи चौतारी नेपाल इेन्द्रीय कार्यालय'

आफ्नो सानैदेखि केही न केही लेख्ने बानी रहेको बताउँदै उनले त्यही क्रममा आफूले आफ्नो भोगाइ लेख्दै गएको सुनाइन् । कतिपय महिलाहरूमा फेशन, गरगहना या अरुकाबारेमा गफ गरेर अल्झिने बानी भएपनि आफू लेख्नमै रमाउने गरेको पनि उनले बताइन् ।

उनले केपी शर्मा ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको भन्दै अहिलेसम्म पनि ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटकसम्म प्रधानमन्त्री हुँदासमेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उल्लेख गरिन् ।

कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफूले कुनैपनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले बताइन् । आफूले राजनीति नगरेपनि राजनीति बुझ्ने उनको भनाइ थियो । साथै उनले आफू कहिल्यै राजनीतिमा नआउने पनि स्पष्ट पारिन् ।

May be an image of 14 people, dais and text that says '"करुणा" नेखळ राधिका शाव्यको सम्पादकहरुसंग संवाद करुणा តសន់: OCP 都店 8 सेतवार シズ 공성이 रਰच ርዳ क्ेवत पंनस ご田民老島 प्रेस चो. कसटरीं गल'

संवादका क्रममा सम्पादकहरूले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेपछि उनले भनिन्, ‘म राजनीतिमा आउँदिनँ । तपाईंहरू ढुक्क हुनुहोस् ।’

प्रथम महिला शाक्यले आफूमा कुनै लोभ, लाभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारिन् । साथै उनले देश द्रुत गतिले विकास हुन नसक्नुमा राजनीतिक अस्थिरता नै प्रमुख कारक रहेको भन्दै राजनीतिक अस्थिरतामा मिडियाको पनि हात रहेको हो कि भन्ने आफूलाई लागेको बताइन् । उनले मिडियासँग निष्पक्ष भूमिका निभाउन आग्रह गरिन् ।

May be an image of 1 person, dais and text that says 'स्थान: होठल मर्यरषो्ठ सुकेधारा हाईदस, का JS 4A Nepa News'

कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक तथा प्राध्यापक डा. देवी नेपालले पुस्तकाबारे टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी प्रथम महिला राधिका शाक्यको कृति  ‘करुणा’ संवेदना, संघर्ष र संकल्पको अनुभूतिको दस्तावेज भएको बताए ।

May be an image of 8 people and dais

पुस्तकमा उल्लेख भएको रोचक घटना, परिवेश र उदाहरणहरू पनि प्रस्तुत गर्दै डा. नेपालले पुस्तक ध्वनी, ब्यञ्जना, रस आदि सबैको उचित संयोजन भएको उल्लेख गरे । उनले उत्कृष्ट लेखन रहेको पुस्तक ‘करुणा’ लेखकको हृदय र मष्तिस्कको संयोजनबाट जन्मिएको बताए । 

केपी ओली प्रधानमन्त्री भएकै कारण शाक्यमाथि बेला बेला नकारात्मक कुरा गर्ने गरिएको भएपनि शाक्य आफैंमा अब्बल रहेको बताउँदै डा. नेपालले पुस्तकमा शाक्यका जीवनका भोगाइ भेटिने बताए ।

May be an image of 11 people, table and text

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले पुस्तकमाथि टिप्पणी गर्दै प्रथम महिला शाक्यको जीवन सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताइन् । उनले लेखक शाक्यको यो पुस्तक पढ्दा कतिपय ठाउँमा अनायास आँसु आउने बताइन् । ‘लेखन सरल छ, तर अत्यन्त मिठासपूर्ण पनि छ,’ बस्नेतले बताइन् । पुस्तक पढ्दा यसको नाम ‘कल्पवृक्ष’ राख्न पाएको भए पनि हुने भनेर आफूलाई लागेको उल्लेख गर्दै शाक्यको आगामी कृति कविता संग्रहको रूपमा आओस् भन्ने आग्रह गरिन् ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न मिडियाका सम्पादकहरू उपस्थित रहेका थिए । कार्यक्रम प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले संचालन गरेका थिए ।

May be an image of 2 people and dais

May be an image of 7 people, dais and text

ADV

सम्बन्धित खबर