२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण 

ADV
महमद सदाब
२०८१ असार २४ गते १७:०८
उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण 

वीरगञ्ज : श्री ताराचन्द किशनलाल आधारभुत विद्यालयले छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई मेडल तथा छात्रवृत्ति वितरण कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले विद्यार्थीहरूलाई मेडल तथा छात्रवृत्ति वितरण गरेका हुन् । मन्तब्यको क्रममा उप-प्रमुख आलमले आफू पनि यसै विद्यालयबाट शिक्षा हासिल गरेको बताउदै यस विद्यालयको विकासका लागि आवश्यक पर्ने हरेक किसिमको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । साथै बालबालिकाहरूको उज्वल भविष्यको कामनासमेत गरे । 

उप-प्रमुख आलमले विद्यालयमा अध्यनरत सम्पूर्ण दलित छात्र छात्राहरूलाई छात्रवृत्ति दिने घोषणा गरेका छन् । उनले विद्यालयमा जनशक्ति अभाव हुन नदिन थप शिक्षकहरूको दरबन्दीसहित आवस्यकताअनुसार विद्यालयलाई समानहरू उपलव्ध गराउने बाचा गरे । 

उनले विद्यालयहरूलाई खेलकुदका समाग्री देखि लिएर क्षमता विकासका लागि चाहिने हरेक समान उपलब्ध गराउने बताए । कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष महमदर रेयाज मिया,वडा नं. २ का वडा सदस्य अब्दुल लतिफ अंसारी, बसिर मिया हजाम विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, स्थानीयबासी लगायतको सहभागिता थियो ।
 

ADVADV

सम्बन्धित खबर

Advertise