सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरी ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने नाराका साथ सहकारी दिवस मनाइएको हो ।
अध्यक्ष श्रेष्ठले सहकारीले गरेका गतिविधि, सहकारी ऐन नियमबारे जानकारी गराउँदै अहिलेको अवस्थामा सहकारी संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको र रामपुर साकोस प्रदेश तह अन्र्तगत रही सेवा दिँदै आएको बताए ।
लुम्बिनी प्रदेशमा मात्रै तीन हजार सात सय ५५ वटा सहकारी रहेको र त्यसबाट छ हजार नौ सय ९९ नागरिकले रोजगार गर्ने अवसर पाएको बताउँदै अध्यक्ष श्रेष्ठले बचत मात्र नभई सामाजिक क्षेत्रमा सहकारीले काम गरिरहेको जानकारी दिए ।
संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट शुरु भएको कार्यक्रममा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद गैह«े, संचालक समिति सदस्य पवित्रा पौडेल ढकालले कार्यक्रम सफलताको कामना गरे । संचालक समितिका कोषाध्यक्ष भोजराज भट्टराईले धन्यवाद दिएको कार्यक्रमको संचालन व्यवस्थापक रामचन्द्र अधिकारीले गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies