२०८२ जेठ ६ गते मङ्गलवार / May 20 , 2025 , Tuesday
२०८२ जेठ ६ गते मङ्गलवार
Ads

शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

मध्यान्ह
२०८२ जेठ ६ गते १५:४८
शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

काठमाडौं : कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विद्युतीय अपराधसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि केही दिन फरार रहेका उनी आज आफैं प्रहरीसमक्ष उपस्थित भएका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डिएसपी सुरज कार्कीका अनुसार चौधरीलाई बुटवलस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालय बुटवलले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।

उनमाथि यौन शोषणमा परेकी एक युवती र उनको परिवारको गोपनीयता भंग गरेको अभियोग लागेको छ । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शुद्धोदन गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

ADV

सम्बन्धित खबर