२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

‘१२औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा

मध्यान्ह
२०८२ जेठ ६ गते १८:१३
‘१२औं म्युजिक खबर म्युजिक अवार्ड सम्मान तथा पुरस्कार’ घोषणा

काठमाडौं : म्युजिक खबर म्युजिक म्युजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्युजिक खबरका सल्लाहकार, आयोजक, संगीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनौट गरिएको कार्यक्रमको संयोजक सबिता पोखरेलले जानकारी दिइन् । 

तिलगंगास्थित बेस्ट वेस्टर्न प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा बिशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । गीतकार खरेललाई ५१ हजार नगद राशीसहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले बताइन् ।

त्यसैगरी यस वर्षको म्युजिक खबर रजत संगीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ । रेडियो नेपाल हुँदै हालसम्म पनि उनको संगीत तथा स्वरमा दर्जनौं गीतहरु रेकर्ड भएका छन् । 

त्यस्तै यस वर्षको म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ । भेलाले यो वर्षको म्युजिक खबर युवा संगीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी यस वर्षको म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार रंगपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गरिन लागिएको छ । उनीहरु दुबै जनालाई ५ हजार ५५५ नगद राशिसहित सम्मान अर्पण गरिनेछ ।

त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटालाई अर्पण गरिन लागिएको छ । म्युजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । 

यसैगरी म्युजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । नेपालमा उनले फोटो पत्रकारिताको क्षेत्रमा अतुलनिय योगदान दिँदै आएका छन् । राष्ट्रि«य समाचार एजेन्सीमा समेत आबद्ध रहेका उनले खिचेका फोटोहरु नेपालका राष्ट्रिय छापा तथा अनलाईन मिडियामा प्रकाशित भएका छन् । निरन्तर फोटो पत्रकारिता रमाइरहेका उनी हाल फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्ष समेत रहेका छन् । 

त्यसैगरी संगीत क्षेत्रमा व्यवसायिक रुपमा क्रियाशील विमल शाहलाई म्युजिक खबर संगीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको छ । 

विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुन् । सुमन पण्डित अध्यक्ष रहेको अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल हुन् ।

भेलामा वरिष्ठ कलाकार, निर्देशक, हाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, बरिष्ठ गायक, संगीतकार नारायण रायमाझी, वरिष्ठ कलाकार एवं निर्देशक हाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रवर्द्धक तथा वरिष्ठ संगीतकर्मी आरसी कोइराला, वरिष्ठ संगीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, बरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ, गायिका सिता केसी, मोडल कविता बानियाँ, कार्यक्रम प्रस्तोता एवं पत्रकार निराजन भण्डारी, गायक तथा संगीतकार सरोज कोइराला, गायिका लक्ष्मी पुरी प्रधान, संगीतकर्मी बादल थकाली, युवा व्यवसायी गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर