२०८२ जेठ ७ गते बुधवार / May 21 , 2025 , Wednesday
२०८२ जेठ ७ गते बुधवार
Ads

एआईजीमा शाह सिफारिस, ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

मध्यान्ह
२०८२ जेठ ६ गते २१:१६
एआईजीमा शाह सिफारिस, ११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं : नेपाल प्रहरीको एआईजी (प्रहरी अतिरिक्त महानिरीक्षक) पदमा डीआईजी (प्रहरी नायब महानिरीक्षक) सिद्धिविक्रम शाहको नाम सिफारिस गरिएको छ । 

मंगलबार बसेको बढुवा समितिको बैठकबाट शाहको नाम सिफारिस गरिएको हो ।

यस्तै नेपाल प्रहरीका ११ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेमा सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दिपेन्द्र जिसी, दिपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दिपक कुमार बस्नेत छन् । त्यस्तै, ओमबहादुर राना, जयराज सापकोटा, सञ्जिव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि बढुवा सिफारिसमा परेका छन् ।

ADV

सम्बन्धित खबर