२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपाल भित्रियो ‘नथिङ’ ब्राण्ड

ADV
मध्यान्ह
२०८१ असार २४ गते २०:५९
नेपाल भित्रियो ‘नथिङ’ ब्राण्ड

काठमाडौं÷मस – नथिङ मोबाइल ब्राण्डले नेपालमा फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । कार्ल पेइद्वारा स्थापित इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो सब–ब्राण्ड सिएमएफमार्फत् विश्वव्यापी रुपमा आफ्नो उत्पादन लाइन अप विस्तार गरेको हो ।

कम्पनीले नेपालमा सिएमएफ फोन १, सिएमएफ बड्स प्रो २ र वाच प्रो २ सार्वजनिक गरेको हो । नथिङको फोन, स्मार्ट वाच र एयर बड्सको बनावट र डिजाइन ‘नैतिकता’को प्रतिक भएको कम्पनीले जनाएको छ ।

सिएमएफ फोन १ ले स्मार्टफोन बजारमा सिएमएफको डेब्यूलाई चिन्ह लगाएको छ । यसले विविध उपभोक्ता प्राथमिकताहरु पूरा गर्ने उदेश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । यो कालो, सुन्तला, हल्का हरियो र निलो रंग विकल्पमा उपलब्ध छ ।

साथै, नथिङले फोन २ ए पनि सार्वजनिक गरेको छ । नेपालमा नथिङको ब्राण्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का हुन् । उनले नेपाली बजारमा नथिङ ब्राण्ड भित्रिनुलाई उत्साहजनक रुपमा लिएको बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise