लण्डन : विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड १९ बिरुद्ध खोप लगाएका छन् ।
भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै जनवरि १६ देखि खोप लगाउन शुरु गरेको हो ।
त्यस्तै, मार्च एक देखि सर्वसाधारणमा पनि खोप लगाउन जारी गरिएको छ । भारतले कोभाक्सिन र कोभिशिल्ड दुई खोपहरु उत्पादन गरी प्रयोग गरिरहेको छ ।
हालसम्म भारतमा एक करोड एघार लाख बढी मानिसहरु कोभिड १९ संक्रमित भएका छन् भने एक लाख ५७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
यधपि, महाराष्ट्र, केरला, पञ्जाब, कर्नाटका, गुजरात, तमिलनाडु र मध्य प्रदेशमा संत्रमण दर उल्लेख्य रुपमा घटेको छ । विश्वको ६० प्रतिशत खोप उत्पादन गरिरहेको भारत खोप उत्पादनको मुख्यकेन्द्र बनेको छ ।
भारतमा आगामी जुलाई अन्तिम सम्म २५ करोड मानिसमा ५० करोड डोज खोप लागाउने योजना रहेको सरकारले बताएको छ । स्रोत बीबीसी
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies