२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

निर्वाचन तयारीमा ठमेल पर्यटन विकास परिषद्

ADV
मध्यान्ह
२०८१ असार २४ गते २१:००
निर्वाचन तयारीमा ठमेल पर्यटन विकास परिषद्

काठमाडौं : ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी घोषणा गरेका छन् । परिषद्को असार ३१ गते हुन लागेको २८ र २९औँ वार्षिक साधारण सभा तथा अधिवेशनका लागि शर्मा समूहले उम्मेदवारी घोषणा गरेको हो ।

शर्माले दोस्रो कार्यकालका लागि अध्यक्षको उम्मेदवारी दिन लागेका हुन् । अध्यक्ष शर्माले अघिल्लो कार्यकालका बाँकी काम सम्पन्न गर्नका लागि आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेको बताए । 

शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि उम्मेदवारी दिन लागेको बताए । शर्मा समूहबाट प्रथम उपाध्यक्षमा सहदेव (विमल) धमला, द्वितीय उपाध्यक्षमा राजीव पाण्डे, तृतीय उपाध्यक्षमा दीपक पुडासैनी, महासचिवमा बद्री तिमल्सिना, सचिवमा पुन्यराम लागेजु र कोषाध्यक्षमा प्रकाश थपलियाले उम्मेदवारी घोषणा गरे । 

यस्तै, बाँकी सदस्यको पनि चाँडो टुंगो लगाईने बताइएको छ । निर्वाचनमा शर्मा समूहलाई विजय गराउनका लागि परिषद्का पूर्व उपाध्यक्ष एवम् स्थानीय समाजसेवी राजुमान डंगोलको संयोजकत्वमा एक सय एक सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ पर्यटन व्यवसायी दिपक महतले ‘डिजीटल ठमेल’ निर्माणका लागि शर्मा समूहले काम गर्ने विश्वास व्यक्त गरे । 

पर्यटन व्यवसायी रमेश धमलाले ठमेलभित्रको स्थानीय रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्दै ठमेललाई पर्यटकको अनिवार्य गन्तव्यका रुपमा विकास गर्ने विश्वास व्यक्त गरे । २०४७ सालमा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल दुई हजारभन्दा बढी व्यवसायी तथा घरधनी आवद्ध छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise