२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नेपालमा साउथ एसियन ट्राभल अवार्ड हुँदै

ADV
मध्यान्ह
२०८१ असार २४ गते २१:०१
नेपालमा साउथ एसियन ट्राभल अवार्ड हुँदै

काठमाडौं : साउथ एसियन ट्राभल अवार्ड्स (साट्टा) को आठौँ संस्करण नेपालमा आयोजना हुने भएको छ । आगामी असोज ३ र ४ गते काठमाडौंमा साट्टा अवार्ड हुन हुने भएको हो । अवार्ड कार्यक्रममा बिभिन्न देशका दुई सय ५० भन्दा बढी होटल, ट्राभल, एयरलाइन्सका प्रतिनिधि तथा सञ्चारमाध्यमको सहभागिता रहने बताइएको छ । 

सन् २०२४ का लागि अवार्डसम्बन्धी कार्यक्रमको सूची सार्वजनिक गर्दै आयोजकले विभिन्न ४४ विधामा अवार्ड दिइने जनाएको छ । साट्टाले साउथ एसिया क्षेत्रभरी आतिथ्य क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्नेहरुलाई सम्मान गर्दै आएको छ । नेपाल पर्यटन बोर्ड र होटल संघ नेपालको सहयोगमा हुने अवार्ड कार्यक्रममा व्यावसायिक साझेदारबीच व्यापार आदान–प्रदानसमेत आयोजकले जनाएको छ । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले नेपालको पर्यटन प्रवद्र्धनका निम्ति साट्टा अवार्डले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । बोर्डका कार्यवाहक कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले दक्षिण एसियास्तरको अवार्ड कार्यक्रमले पर्यटन नेपालमा हुनु सुखद भएको र यसले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन पुरानै लयमा फर्किएको र पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा अवार्ड कार्यक्रम महत्वपूर्ण हुने बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise