२०८२ जेठ ९ गते शुक्रवार / May 23 , 2025 , Friday
२०८२ जेठ ९ गते शुक्रवार
Ads

‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

मध्यान्ह
२०८२ जेठ ९ गते ११:३१
‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा

काठमाडौं : चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । आजबाट यो सिनेमा प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो ।

सकारात्मक वर्ड अफ माउथ पाइरहेको चलचित्रले दर्शकले मन पराएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकले ‘के घर के डेरा : घर नं २’ आम नेपालीको घरघरको कथा भएको बताइरहेका छन् ।

आम नेपालीले भोगिरहेको विषयलाई सिनेमाले उठान गरेको ‘के घर के डेरा : घर नं २’ले उठान गरेको भन्दै दर्शकले तारिफ गरिरहेका निर्माणपक्षले बताएको छ ।

“जति पनि दर्शकले सिनेमा हेर्नु भएको, राम्रो भन्ने प्रतिक्रिया दिइरहनु भएको छ । वर्ड अफ माउथ राम्रो भएकाले सिनेमा हेर्ने दर्शकको संख्या पनि बढ्दै जाने हाम्रो विश्वास छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

‘के घर के डेरा : घर नं २’को ट्रेलर अहिले ट्रेन्डिङमा छ । चलचित्रको कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।
 

ADV

सम्बन्धित खबर