-मिलन आफन्त
रगतमा चिनीको मात्रा बढी हुने रोगलाई मधुमेह भनिन्छ । जब शरीरभित्र सुगरको मात्रा आवश्यकताभन्दा धेरै हुन्छ, त्यसलाई शरीरले काममा ल्याउन सक्दैन तब मानिसमा मधुमेह रोग लाग्दछ । शरीरमा हुने प्यान्क्रियाज ग्रन्थिमा गडबडी भएमा इन्सुलिन हार्मोनको मात्रामा कमि हुने वाउ त्पादन रोकिएर पनि चिनिरोग हुन्छ । जुन मानिसको शरीरमा इन्सुलिनको मात्रा सहि रुपमा हुँदैन, तिनीहरुमा इन्सुलिनद्वारा ग्लुकोज बोसोको रुपमा जम्मा हुन्छ । हाम्रो खानामा धेरै मात्रामा कार्वोहाइड्रेट हुन्छ, जुन आन्द्रामा पचेर सुगर बन्छ । यो सुगर ग्लुकोज हुन्छ । ग्लुकोज पेटमा पुगेर रगतमा घोलिन्छ र रक्त बहिनीद्वारा सम्पुर्ण शरीरमा पुग्दछ । मधुमेह प्राथमिक मधुमेह र द्धितिय मधुमेह गरी दुई प्रकारको हुन्छ ।
यस्ता हुन्छन् महुमेहका लक्षण
हामी कहाँ जति पनि रोग छन्, तिनका आ–आफ्नै लक्षणहरु हुन्छन । त्यस्तै मधुमेहको पनि आफ्नै लक्षणहरु छन् । ति लक्षणहरुलाई यहाँ प्रष्ट पार्ने जमर्को गरिएको छ ।
– यस रोग लागेका व्यक्तिलाई बारम्बार र धेरै मात्रामा पिसाब आउँछ र उसले तुरुन्त पिसाब फेर्न जानुपर्छ । उसले धेरै जसो राति पनि पिसाब फेर्नको लागि उठ्नुपर्छ । किड्नीद्धारा धेरै मात्रामा सुगर घोल्ने र पेटबाट धेरै मात्रामा पानी ग्रहण गरिन्छ, जुन पिसाबको रुपमा बाहिर निस्कन्छ, त्यसले मधुमेहका रोगीलाई धेरै पिसाब आउँछ ।
– मधुमेह हुदाँ पिसाब धेरै लाग्दछ, जसबाट शरीरमा पानीको कमि हुनाले तिर्खा धेरै लाग्दछ । रोगीले धेरै मात्रामा पानी पिउँछ, तर पनि उसको मुख सुख्खा रहन्छ । बृद्धलाई भन्दायुवालाई धेरै तिर्खा लाग्दछ ।
– मधुमेहका रोगीलाई हर समय शरीरमा थकाई र कमजोरी अनुभव हुन्छ । वजन कम हुनाले शरीरमा मानसिक र शारीरिक थकाई कमजोरी अनुभव हुन्छ । वजन कम हुनाले शरीरमा मानसिक र शारीरिक थकाई हुन्छ । यस्तो मानिसद्धारा जुन पहिला सजिलै गरिन्थ्यो, त्यो गर्न अब धेरै थकाई अनुभव हुन्छ । परिणाम स्वरुप मांसपेशी दुख्ने हुन्छ ।
– मधुमेहबाट पीडित मानिसले धेरै मात्रामा खानेकुरा खान्छ, तर पनि उसको वजन घट्दै जान्छ, वजन किन घट्छ भने खानासँगै खाएको कार्वोहाइड्रेटको उपयोग सहीप्रकारले हुन सक्दैन । यस्तो स्थितिमा शारीरिक कार्य सञ्चालनको लागि शरीरलाई शक्तिको लागि आफ्नो संचित बोसो उपयोग गर्नुपर्छ । उसको बोसो प्रयोग हुनाको कारण शरीरको वजन घट्छ र मोटोपना कम हुन्छ ।
– रोगीलाई भोक धेरै लाग्दछ र धेरै खाँदापनि तृप्तहँुदैन । धेरै खाएको खाना शरीरमा लाग्दैन र रोगी दिनप्रतिदिन कमजोर हुदै जान्छ ।
मधुमेहको विश्व अवस्था
विश्वका ३० भन्दा बढी राष्ट्रमा मान्छे मर्ने प्रमुख कारणहरु मध्ये चिनी रोग पनि पर्दछ । चिनि रोगले सीमा नाघ्न थाल्यो भने मानिसको मुटु, मृगौला, आँखामा असर गर्दछ । तसर्थ मधुमेहलाई मानिसको ज्यानै लिन सक्ने रोगको रुपमा लिइन्छ । अमेरिकामा मधुमेहले मात्र पर्ने कारण चौथो प्रमुख रोग मानिन्छ । विकशित राष्ट्र बेलायतमा पनि प्रति सय व्यक्तिमा झण्डै दुई जना व्यक्तिलाई मधुमेह हुन्छ ।
केही तथ्याङ्कअनुसार प्रति लाखमा ७५ वर्ष माथिका मृत्युका बेल्जीयममा ३ सय ४३, ग्रीसमा २ सय ९९, अमेरिकामा १ सय ४९, फ्रान्समा १ सय २८, ग्रेट ब्रिटेनमा झण्डै ८०, श्रीलंकामा १ सय ६२ र जापानमा ८४ जनाको मृत्यु मधुमेहले गर्दा हुन्छ । विश्वमा झण्डै ३ करोड चिनी रोगी छन् र युवा पिँढिमा ५ प्रतिशत सम्ममा मधुमेहले समात्न सक्दछ । वर्तमान विश्वमा मधुमेहको अवस्था बिकराल भए पनि यसको उपचार सम्भव छ ।
मधुमेहको उपचार कसरी गर्ने ?
मधुमेहको उपचार विभिन्न किसिमबाट गर्न सकिन्छ । तर मधुमेह नियन्त्रण गर्न हामीले खानपानमा विशेष ध्यानदिनु पर्दछ । हामीले कार्बोहाइड्रेटको मात्रालाई अनिवार्य रुपमा घटाउनु पर्दछ । खानाको अलावा हामीले मधुमेहको उपचार मुखबाट खाने गोलीद्धारा वाइन्जेक्सनबाट गर्दछौं । यसको लागि हामीले मधुमेहको लक्षण देखिना साथ रगत जचाउनु पर्दछ । अनि डाक्टरको सल्लाहअनुरुप औषधी वाइन्जेक्सन लिनु पर्दछ ।
कस्तो बेलामा गोली औषधी वाइन्जेक्सन प्रयोग गर्ने भन्ने कुरा चिकित्सकमा नै भर पर्दछ । तर पनि जुन मधुमेह बिरामी मानसिक या अन्य कारणले इन्सुलिनको इन्जेक्सन लगाउन असमर्थ हुन्छन् । उनीहरुलाई मुखबाट गोली दिइन्छ । हामीले बुझ्नु पर्दछ कि इन्सुलिन केबल इन्जेक्सनबाट मात्र लगाउन सकिन्छ । तसर्थ मधुमेहको रोगीलाई अवस्था हेरी इन्जेक्सन पनि दिनुपर्ने हुन्छ ।
यदी हामीलाई मधुमेह भएको शंका हुन्छ । तत्काल अस्पताल गएर रगत जचाऔँ । खानामा ध्यान दिऔँ । चिकित्सकको निर्देशनअनुरुप औषधी प्रयोग गरौँ र मधुमेहबाट हुने विभिन्न हानीबाट बाचाँै र आफ्नो जीवन बचाऔं । यो नै हाम्रो बुद्धिमता हुनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies