काठमाडौं : ९९ वर्षको उमेरमा निधन भएका महारानी एलिजाबेथ द्वितीयाका पति प्रिन्स फिलिपको आज अन्तिम संस्कार गरिँदैछ ।
अन्तिम संस्कारका लागि आवश्यक तयारी भइरहेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
अन्तिम संस्कारको औपचारिक शाही समारोह ब्रिटिश समयानुसार दिउँसो ३ बजे (नेपाली समयानुसार साँझ ७ः४५ बजे) विन्डसर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा हुनेछ ।
राजकुमार फिलिपको शव विन्डसर कासलस्थित प्राइभेट च्यापलमा राखिएको छ ।
राजकुमार फिलिपको अन्तिम संस्कारमा कोरोनाभाइरससम्बन्धी प्रतिबन्धहरूका कारण सामाजिक दूरी कायम गर्दै ३० जना मात्र सहभागी हुन पाउने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies