२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

कतारमा डेढ वर्षमा १७० जना नेपालीकाे मृत्यु

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ १४ गते १९:०४
Shares
कतारमा डेढ वर्षमा १७० जना नेपालीकाे मृत्यु

दोहा कतार : कतारमा पछिल्लो करिब डेढ वर्षकाे अवधिमा १७० जना नेपाली कामदारको ज्यान गएको छ । १७ महिनाको अवधिमा १७० जनाको ज्यान जाँदा मासिक १७ कामदारको मृत्यु भएको देखिन्छ ।

यसरी ज्यान गुमाउनेमा अधिकांश साँझ राम्रोसँग खानपिन गरेर सुतेका कामदार छन् । त्यसरी ज्यान गुमाउनेलाई  सुतेकै अवस्थामा मृत्यु हुनेहरु भनिने गरिएको छ । 

कतारमा सुतेकै अवस्थामा मात्र ८७ जनाले मृत्युवरण गरेका छन् भने सडक दुर्घटनामा २६ जना र ३४ जनाले आत्महत्या गरेर ज्यान गुमाएको कतारस्थित नेपाली राजदूतावासका एक अधिकारीले मध्यान्ह दैनिकलाई जानकारी दिए । ती अधिकारीका अनुसार ३ जना नेपाली कामदारको मदिरा सेवनबाट मृत्यु भएको छ भने अन्य कारणले २० जनाको निधन भएको छ । मृत्यु हुनेमा आधिकांश पुरुष रहेको दूतावासले जनाएको छ ।  

कतारमा धेरैले ‘कार्डिएक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । एक तथ्यांकअनुसार दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर काेठा अत्यधिक चिसो बनाएर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिएक एरेस्टको सिकार हुने गरेको पाइएको छ । त्यसैगरी मादक पदार्थ एकैपटक धेरै मात्रामा पिउने, असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनाबलगायतका कारण पनि मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

त्यस्तै ट्राफिक नियमको पालना गर्न खासै चासो नदिने नेपाली आनीबानीले पनि धेरै नेपालीहरूले सडक दुर्घटनामा परी ज्यान गुमाउनु  परेको एनआरएनए एनसीसी कतारका श्रमिक विभागका संयोजक कृष्ण पन्थीले बताउँछन् । कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरूको संख्या पनि निकै उच्च हुने गरेको आफूले पाएको बताउँदै पन्थीले छिट्टै कतार सरकारका विभिन्न निकायसँगको सहकार्यमा बृहत् श्रमिक जनचेतना, मानसिक तनाव व्यवस्थापन साथै ट्राफिक नियम र कतारका स्थानीय कानुनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेको जानकारी दिए ।

कतार राेजगारीका लागि निकै आकर्षक मानिन्छ । हाल रोजगारी तथा व्यवसाय गर्ने करिब साढे ३ लाख नेपाली कतारमा रहेका छन् । तथ्यांकअनुसार दैनिक औसत २ जनाभन्दा बढी नेपाली कामदारको शव विदेशबाट नेपाल भित्रिरहेको छ ।

ताजा खबर

सम्बन्धित खबर