तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार, १० वैशाख
'आफ्नै भाग्य नमिल्ने लेख्नलाई
मन रोएको को छ र देख्नलाई
याद सङ्गै जिन्दगी क्यारी काट्ने होला,
दुनियाँले खुसी छ भने नि आफ्नै यो मुटुलाई क्यारी ढाँट्ने होला'
गायक तथा सर्जक ईश्वर भण्डारीको लोक तथा दोहोरी गीति एल्बम “याद” मा समावेश अन्तरा सहितको गीत हो यो l रिलिज नहुँदै टिकटकमा चर्चाको शिखरमा रहेको उक्त गीत ताजा इन्टरटेनमेन्टबाट हाल बजारमा तहल्का मच्चाई रहेको छ l हरेक दिन सार्वजनिक भइरहने गीतहरू माया प्रेमका भाव मै हुने गरेका छन्, भनिन्छ संसार पनि मामा मै अडिएको छ l
अजम्बरी एक प्रेम कथामा रहेर शरद पाण्डेले कोरेका शब्दलाई भण्डारी तथा विष्णु माझीले स्वर दिएका छन् l विष्णु माझीले उच्च पारिश्रमिक निर्धारण गरेपछि उनका पछिल्लो समय गीतहरू कम आइरहेका बेला भण्डारीले माझीलाई लिएर गीत बनाएका हुन् l
पछिल्लो समय नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको अवस्थामा पनि “याद” भिड्न सक्ने बनेको गीतका सर्जक पाण्डे बताउँछन् ।
गायक भण्डारीको लय सिर्जना रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन् । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा ओबी रायमाझी, आशा खडका, शेर बहादुर डिसी, डाक्टर भोला रिजाल र धुर्बको अभिनय रहेको छ l भिडियोलाई सुरेश श्रेष्ठ र सन्तोष महराले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies