-गोपालप्रसाद थपलिया
‘माया र सम्मान भएको ठाउँ पाउन उस जन्ममा तपस्या गर्नु पर्ने नै रहेछ कि क्या हो । त्यो विना त्यो सौभाग्य प्राप्त हुँदैन रहेछ !’ भक्तिमायाले भनिन् ।
‘मलाई त त्यस्तो कुरामा विश्वास लाग्दैन । मानव हितभन्दा अरू कुरा संसारमा केहि छैन । मानव हित गर्न भनेर समाजमा अनेक संस्थाहरू बनाइएका छन् । सिंगो राज्य मानव हितका लागि बनाइएको हो । अरूको लागि न्याय गर्न सक्ने त्यागी मान्छे हामीले पाउन नसकेर हामीले दुःख पाएका हौं । सबैलाई न्याय दिने भन्छन् तर न्याय दिने ठाउँमा पुगे पछि सबै स्वार्थी बनिदिन्छन् । गाँठी कुरा यही हो ।’ जमुना म्याडमले भनिन् !
‘वैरभाव हटाउने उपाय प्रेमपूर्ण र न्यायपूर्ण व्यवहार हो । अरूको हित गर्न अर्थात लोकहितको निम्ति निजी स्वार्थ त्याग्नु पर्छ । अनि अरूको लागि केहि गर्न सकिन्छ ।’ जुनु मैयाले भनिन् ।
‘विवेकशील आचरण बिना हाम्रो मुलुक समृद्धशाली बन्न सक्दैन् !’ सामाजिक अगुवा प्रेममायाले बोलिन् ।
‘तिमीहरू सबैका कुरा सुनेर म त अलमलमा परें । किनभने यस्तै कुरा गर्ने शिबराम केहि नभएको त्यागी भन्थ्ये । तर अहिले उसको सम्पत्ति अरब होइन खर्ब पुगेको छ भनेर मुद्धा चलेको छ !’ दिलशोभाले भनिन् ।
‘कुरा गर्न सिपालु धेरै भए तर विवेकी भएर काम गर्ने व्यवहार गर्ने थोरै भए ! बहुमतको निर्णय सबैले मान्नुपर्छ भन्छन तर बहुमतको निर्णय सबै ठाउँमा विवेकी हुँदैन । बहुमत पक्ष न्यायपूर्ण काम गर्दैन । न्यायपक्ष अल्पमतमा पर्छ । प्रायः जसो बहुमत अन्याय पक्षमा भएको छ । समस्या भनेको यहि हो । ठाउँमा पुगे पछि आ–आफ्नो स्वार्थमा लागेर अरूको हितलाई तिलान्जली दिन्छन् र आआफ्नानै स्वार्थपूर्ति गर्ने तर्फ लाग्छन् ! यस्को ज्वलन्त उदाहरण त्यागी नेता भनिने शिवराम र उनका मान्छेहरू नै काफी छन् ।’ किसान अगुवा प्रेमबहादुरले भने ।
‘महान भनिने व्यक्तिहरू नीच बनिदिए पछि र सबै इमान्दार र निर्दोष मान्छेहरूको काम बिगार्न मात्र जान्ने भए पछि बनाउन नजान्ने भएपछि अर्थात बिगारे आफू मात्र बन्ने भए पछि कहाँ सबैको हित हुन्छ र ?! इमान्दारहरूलाई रूवाईएको छ !’ देबरामले भने ।
‘इमान्दारहरूको आँशु बेइमान र षडयन्त्रकारीहरूको षडयन्त्रभन्दा कैयौं शक्तिशाली हुन्छ । आँशु कमजोरहरूको प्रतिक होइन ? आँशुमा असिमित शक्ति हुन्छ ।’ पचासी वर्षीया मनमायाले सुनाइन् ।
साँच्चिकै इमान्दारहरुको आँशुमा शक्ति हुन्छ । षडयन्त्रकारीहरुले जतिसुकै तिकडम गरेपनि अन्तिममा जीत इमान्दारहरुकै हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies