२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

चीनमा नेपाली कलाकारको प्रस्तुति

Nada
२०८२ जेठ १५ गते १९:१०
Shares
चीनमा नेपाली कलाकारको प्रस्तुति

काठमाडौं : चीनको गुइलिनमा आयोजित कार्यक्रममा राष्ट्रिय गतिशील कला समूह ‘एनडिए’को विशेष प्रस्तुति रहेको छ । नेपाल–चीनबीच पर्यटन, कला तथा सांस्कृतिक प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रममा नेपालका तर्फबाट लोकप्रिय कोरियोग्राफर केशव कोइराला नेतृत्वको टोलीले प्रस्तुति दिएको थियो । कोरियोग्राफर कोइराला नेपाली मौलिक कला, संस्कृति र भेषभूषालाई विश्वव्यापी रुपमा पहिचान गराउने उद्देश्यले यस्ता खाले कार्यक्रमहरुमा सहभागी हुँदै आइरहेका छन् ।

ncell

एसएमएस म्युजिक एन्ड इन्टरटेनमेन्टको आयोजना तथा चङ्दोंसीगुइलिन फुक्सी एस्ट्रेट म्यानेजमेन्ट र गुइलिन एलाइट एजुकेशन कन्सल्टिङको सहआयोजनामा सम्पन्न तेस्रो एसएमएस नेपाल–चीन सांस्कृतिक समिक्षण तथा पर्यटन प्रवद्र्धन सम्मान तथा पुरस्कार २०८२ मा नेपाल र चीनका कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कोरियोग्राफर केशव कोइरालासँगै लक्ष्मी पुरी गुरुङ, शर्मिला तामाङ, हिरा तामाङ, छिरिङ लामा र देवराज गुरुङले कार्यक्रममा विभिन्न नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा नेपालको तर्फबाट देविका वन्धना, कमल खत्रीको पनि विशेष सांगीतिक प्रस्तुति रहेको थियो । चिनियाँ कलाकारहरुले पनि मौलिक नाच, गीत र कला प्रस्तुत गरेका थिए । एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले कार्यक्रम नेपाल र चीनबीचको मित्रता, संस्कृति, कला र पर्यटन प्रवद्र्धनको सेतु भएको र नेपाल चीनका स्थानीय तहबीचको सहभागिता सहकार्य र सांस्कृतिक आदानप्रदानलाई अझ मजबुद बनाउने हाम्रो यो प्रयास सामाजिक परिवर्तनतर्फको एक सकारात्मक पाइलो भएको बताइन् ।

गुइलिन संयुक्त मोर्चा कार्य विभागका मन्त्री ब्लाङ सिएन फिङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, गुइलिन सांस्कृतिक स्वयंसेवक संघका अध्यक्ष छिन लिनबिन, गुइलिनको संयुक्त मोर्चा कार्य विभागकी उपनिर्देशक झाङ गाओलियन, गुइलिन सिटी ग्लोरी कज प्रमोशन एसोसिएसनका उपाध्यक्ष याङ युनवु, गुइलिन फुक्सी एसेट म्यानेजमेन्टका अध्यक्ष चेन होङसियान र लिजियाङ उद्धार केन्द्रका कप्तान मो गुआङफुलगायतको सहभागीता थियो । कार्यक्रममा गायिका देविका वन्दनालाई एभरग्रीन सिंगर अवार्ड र गायक कमल खत्रीलाई उत्कृष्ट गायकको अवार्ड प्रदान गरिएको थियो ।

एसएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक थुप्तेन ग्याल्बो मोक्तानले यसप्रकारका कार्यक्रमले नेपाल र चीन बीचको सांस्कृतिक सम्बन्ध, मित्रता र पर्यटन प्रवद्र्धनका लागि समर्पित रहेको बताए ।

सम्बन्धित खबर