देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : मोरङको सुन्दरहरैंचा ७ गोठगाउँ स्थित छिमेकीको घरमा विद्युत वाइरिङ गर्न गएका विनोद घिमिरेको करेन्ट लागेर निधन भए पछि अहिले परिवारमा विजोग भएको छ ।
अर्काको अधिया खेतीपाती गरेर जिविकोपार्जन गर्दै आएका घिमिरे परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । स्वर्गीय घिमिरेको ३ बर्ष अगाडी विवाह भएको थियो । उनका श्रीमती, आमाबाबु एक दाजु, दिदिबहिनी तथा दुई जुल्याहा छोराछोरी रहेका छन् ।
श्रीमानको २५ बर्षकै उमेरमा करेन्ट लागेर निधन भए पछि २० महिनाका दुई जुल्याहा छोराछोरीको आर्थिक आभावका कारण पालनपोषण र शिक्षादिक्षामा समस्या भएको स्वर्गीय विनोदकी श्रीमति सविना घिमिरेले बताइन् । उनले आँखा भरि आँशु पर्दै भनिन उमेरमै श्रीमान करेन्ट लागेर विती हाल्नु भयो , परिवारमा आर्थिक अवस्था कमजोर भएकोले अब कसरी जीवन चलाउँने छोराछोरी कसरी हुर्काउँने भन्ने कुराले चिन्ता माथि चिन्ता थपेको उल्लेख गरिन् । स्वर्गीय घमिरेकी श्रीमती सविनाले श्रीमानको करेन्ट लागेर निधन भए पछि काजक्रिया समेत आफै बसेर गरेकी थिइन् ।
छिमेकीको घरमा १५ दिन अगाडी विद्युत वाइरिङ गर्न जाँदा करेन्ट लागेर निधन भएका घिमिरेको परिवारमा अहिले पनि आँखामा आँशु ओभाएको छैन् । घरमा सबै प्रकारको व्यावहार मिलाउँने तथा काम गरेर परिवार पाल्ने आफु संगै बसेको कान्छो छोराको अल्पायुगमै निधन भए पछि घरमा कन्तविजोक भएको स्वर्गीय घिमिरेकी आमा इन्दिरा घिमिरेले बताइन् । उनले अर्काको खेतिपाती गरेर जिविकोपार्जन गर्ने गरेको तथा घर परिवारमा पनि ऋण भएकोले उमेरमै आफ्नो छोराको निधन भए पछि परिवारमा ठूलो बज्र परेको सुनाइन् ।
स्वर्गीय घिमिरे विदेश वस्ता पनि विद्युतकै काम गर्ने गरेको तथा स्वदेशबाट आए पछि विवाह गरि आफुले जानेको कामलाई निरन्तरता दिएर गाउँघरमै अघि बढेका युवा थिए । दैवको खेल हो वा नियति घिमिरेको परिवारमा अहिले ठूलो पीडा परेको छ । स्वर्गीय घिमिरेको २० महिनाका आँखैको अगाडि आउँने जुल्लाहा सासाना नानीहरु तथा ३ बर्ष अगाडि विवाह गरेकी २१ बर्षीय श्रीमती छिन् ।
विजुलीको करेन्ट लागेर उमेरमै स्वर्गीय भएका घिमिरेको परिवारमा श्रीमतिको लागि रोजगारीको आवश्यकता परेको तथा ससाना नानीहरुका लागी पालनपोषण शिक्षादीक्षामा दाताहरुबाट सकेको सहयोग गर्न जरुरी भएको स्थानीय सामाजिक व्यातित्व अनुरोेध शाहाले बताए । परिवारमा आर्थिक अवस्था कमजोर रहेको साथै छोराको करेन्ट लागेर निधन भएकोले ससाना नानीहरुलाइ हुर्काएर जिविकोपार्जन गर्न कठिन भएर परिवारमा समेत चिन्ता बढेकोले सहयोगको लागि अनुरोधका साथ अपिल गरेको स्वर्गीय घिमिरेका बाबू उद्धब शर्मा घिमिरेले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies